CG Electronics
IME Life
NIMB

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सम्पन्न, मेडिसिटीद्वारा ८ जना बिरामीलाई निःशुल्क सेवा प्रदान

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था स्टेपेसटुवाकको आयोजनामा नेपालमै पहिलो पटक आयोजना गरिएको चारदिने ‘फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सफलतापूर्वक सम्पन्न भएको छ। यसै कार्यक्रममा उपचारका लागि आएका ८ जना बिरामीलाई मेडिसिटीले निःशुल्क सेवा प्रदान गरेको छ। जेठ २० देखि २३, २०८६ सम्म नेपाल मेडिसिटीमा सञ्चालन भएको यस कार्यक्रमले जटिल खुट्टा तथा गोलीगाँठो (फुट एण्ड एङ्कल) विकृतिको उपचार, ज्ञान आदान–प्रदान तथा चिकित्सकहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रमको सफल सञ्चालनमा नेपाल मेडिसिटीको अर्थोपेडिक विभागको महत्त्वपूर्ण भूमिका रहेको थियो। विशेषगरी मेडिसिटीका फुट एण्ड एङ्कल विशेषज्ञ चिकित्सक डा. दिपक झाको नेतृत्व र समन्वयमा यो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम नेपालमा आयोजना सम्भव भएको हो। स्टेपेसटुवाक विश्वका विभिन्न स्रोत–साधनको सीमित पहुँच भएका समुदायमा खुट्टा तथा गोलीगाँठोका जटिल विकृतिहरूको निःशुल्क शल्यक्रिया, पुनस्थापना सेवा तथा स्थानीय स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा सक्रिय अन्तर्राष्ट्रिय संस्था हो। यस कार्यक्रमको आयोजना स्टेपेसटुवाकले गरेको थियो भने नेपाल मेडिसिटीले स्थानीय संयोजन, व्यवस्थापन तथा प्राविधिक सहजीकरण गरेको थियो।

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटी केवल उपचार केन्द्र मात्र नभई निरन्तर सिकाई, व्यावसायिक विकास तथा ज्ञान आदान–प्रदानको प्लेटफर्मका रूपमा स्थापित भएको बताउनुभयो। उहाँले स्वास्थ्य सेवाको वास्तविक प्रगति पूर्वाधार र प्रविधिले मात्र नभई ज्ञान साझेदारी, सहकार्य तथा दक्ष जनशक्ति निर्माणबाट सम्भव हुने उल्लेख गर्नुभयो। साथै उहाँले अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीलाई नेपाली चिकित्सकहरूसँग आफ्नो अनुभव र विशेषज्ञता साझा गरेकोमा धन्यवाद दिँदै यस पहलले नेपालको फुट एण्ड एङ्कल उपचार क्षमतामा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, स्टेपेसटुवाकका संस्थापक तथा अध्यक्ष डा. मार्क मायर्सनले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै तालिम, सहकार्य र सेवामार्फत बिरामीको उपचार स्तर सुधार गर्ने साझा नीतिलाई पुनः दोहोर्‍याउनुभयो।

कार्यक्रममा विश्वप्रसिद्ध फुट एण्ड एङ्कल विशेषज्ञहरू चिलीका डा. क्रिस्टियन ओर्टिज, भारतका डा. राजेश साइमोन, पोर्चुगलका डा. म्यानुअल साउसा तथा अमेरिकाका डा. नरेन्द्र गुर्बानीले सहभागिता जनाउनुभएको थियो। साथै स्टेपेसटुवाकसँग आबद्ध अन्तर्राष्ट्रिय प्रशिक्षार्थी चिकित्सकहरूको समेत सहभागिता रहेको थियो। चार दिनसम्म सञ्चालन भएको कार्यक्रमको पहिलो दिन शैक्षिक प्रस्तुतीकरण तथा वैज्ञानिक सत्रहरू आयोजना गरिएका थिए। दोस्रो दिन बिरामीहरूको विस्तृत परीक्षण, इतिहास सङ्कलन तथा शल्यक्रिया योजना निर्माण गरिएको थियो भने तेस्रो र चौथो दिन प्रत्यक्ष शल्यक्रिया सञ्चालन गरिएको थियो। कार्यक्रममा देशभरिका विभिन्न अस्पतालका अर्थोपेडिक तथा फुट एण्ड एङ्कल क्षेत्रमा रुचि राख्ने चिकित्सकहरूको सहभागिता रहेको थियो।

यस अवसरमा नेपाल मेडिसिटीका फुट एण्ड एङ्कल सर्जन डा. दिपक झाले भन्नुभयो, “नेपालमा पहिलो पटक यस प्रकारको विशेष फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स आयोजना गरिएको हो, जसमा प्रत्यक्ष अपरेसन सत्र मार्फत युवा चिकित्सकहरूले विश्वस्तरका विशेषज्ञहरूबाट प्रत्यक्ष सिक्ने अवसर प्राप्त गरे। कार्यक्रम अन्तर्गत बालबालिकादेखि वृद्धवृद्धासम्मका जटिल खुट्टा विकृतिबाट प्रभावित ८ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया तथा उपचार गरिएको छ। यस्ता कार्यक्रमहरूले नेपालमै उच्चस्तरीय फुट एण्ड एङ्कल सेवा विकास गर्न तथा भविष्यमा अझ बढी बिरामीलाई लाभान्वित बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन्।” नेपाल मेडिसिटीले यस कार्यक्रमलाई उपचार सेवा प्रदान गर्ने अवसर मात्र नभई ज्ञान हस्तान्तरण, सीप विकास तथा नेपालको फुट एण्ड एङ्कल उपचार क्षमताको दीर्घकालीन सुदृढीकरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिएको छ। यस पहलले भविष्यमा नेपालमै जटिल फुट एण्ड एङ्कल विकृतिहरूको विशेषज्ञ उपचार सहज रूपमा उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...