NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

मकलु वाइनद्वारा १० लाख कित्ता आईपीओ निष्कासन तयारी, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं ।नेपालको पहिलो वाइन उद्योगका रूपमा परिचित मकलु वाइन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति शेयर रू. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो। आईपीओ निष्कासनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा मकलु वाइन इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष पिताम्बर पोखरेल तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीमराज चालिसेले हस्ताक्षर गरेका थिए।

वि.सं. २०५२ सालमा धर्मदेवी नगरपालिका–३, संखुवासभामा स्थापना भएको मकलु वाइन इन्डस्ट्रिज लिमिटेडले विगत ३१ वर्षदेखि समुद्र सतहबाट करिब २८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंसेलुबाट अर्गानिक ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरीय वाइन उत्पादन गर्दै आएको कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ। कम्पनीमा देवश्री भेन्चर, हार्वेस्ट भेन्चर, बिर्तामोड सञ्जीवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्ट लगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ। कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारी समेत गरिरहेको जनाएको छ। आईपीओ निष्कासनसँगै नेपालको अर्गानिक वाइन उद्योगलाई पूँजी बजारसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक संस्था रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निष्कासन तथा बिक्री व्यवस्थापन, शेयर रजिष्ट्रेशन, योजना व्यवस्थापन, डिपोजिटरी सेवा तथा संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो।

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...