CG Electronics
IME Life
NIMB

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दार्चुलामा दुई दिने नि:शुल्क आँखा परीक्षण तथा उपचार शिविर सम्पन्न गरेको छ। बैंकले जिल्ला अस्पताल खलङ्गा र दुहुँ गाउँपालिकामा यो शिविर सञ्चालन गरेको हो। जिल्ला अस्पताल खलङ्गामा आयोजित शिविरमा ३८७ जना र दुहुँ गाउँपालिकामा ३२४ जना गरी कुल ७११ जनाले सेवा लिएका छन्। शिविरमा सहभागीहरूलाई विशेषज्ञ डाक्टरहरूबाट नि:शुल्क आँखा परीक्षण र परामर्शका साथै आवश्यक औषधि र चस्मा समेत वितरण गरिएको थियो।

गेटा आँखा अस्पताल धनगढीका नेत्र चिकित्सकसहितको टोलीले प्राविधिक सेवा प्रदान गरेको यस शिविरमा परीक्षण गरिएका बिरामीमध्ये मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने अवस्था भएका व्यक्तिहरूको शल्यक्रिया खर्च साङ्ग्रिला डेभलपमेन्ट बैंकले नै बेहोर्ने व्यवस्था मिलाएको छ। शिविरमा स्थानीय सर्वसाधारणका साथै जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाका कारण साङ्ग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा आफ्नो सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ। बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशीले यस सेवामूलक कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...