CG Electronics
IME Life
NIMB

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापन विभागका लागि एक जना चार्टर्ड एकाउन्टेन्ट र एक जना एक्चुरियल विश्लेषक पदमा दरखास्त आह्वान गरेको हो।

कम्पनीले मुख्य कार्यालय काठमाडौंका लागि एक जना चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो। उक्त पदका लागि मान्यता प्राप्त व्यावसायिक लेखा निकायबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै व्यवस्थापन, वित्त, अर्थशास्त्र, जोखिम व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातकोत्तर तहको शैक्षिक योग्यता भएका उम्मेदवारलाई अतिरिक्त प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

यसका साथै जोखिम मूल्याङ्कन ढाँचा, आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत सुशासन अभ्यास तथा नियामकीय अनुपालनसम्बन्धी राम्रो ज्ञान हुनुपर्नेछ। विश्लेषण, प्रतिवेदन लेखन, लेखापरीक्षण तथा समस्या समाधानसम्बन्धी दक्षता पनि आवश्यक रहेको सूचनामा उल्लेख छ।

त्यसैगरी कम्पनीले एक जना एक्चुरियल विश्लेषक पनि माग गरेको छ। उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त एक्चुरियल संस्थाका कम्तीमा तीनवटा व्यावसायिक परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने सर्त राखिएको छ। यसअन्तर्गत बेलायतको इन्स्टिच्युट एन्ड फ्याकल्टी अफ एक्चुअरीज वा अमेरिकाको सोसाइटी अफ एक्चुअरीजका सम्बन्धित परीक्षाहरू उत्तीर्ण गरेको हुनुपर्नेछ।

उम्मेदवारसँग नेपाली बिमा उद्योग वा एक्चुरियल सेवा प्रदान गर्ने परामर्शदाता संस्थामा कम्तीमा तीन महिनाको कार्यानुभव हुनुपर्ने कम्पनीले जनाएको छ। साथै अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त एक्चुरियल संस्थाको एसोसियट सदस्यता प्राप्त गर्ने प्रक्रियामा रहेको हुनुपर्नेछ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आवश्यक कागजात संकलन गरी आगामी ७ जुलाई २०२६ भित्र कम्पनीले तोकेको इमेल ठेगानामा आवेदन पठाउन सक्नेछन्।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...