CG Electronics
IME Life
NIMB

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह शुक्रबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित समारोहको अध्यक्षता नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले गर्नुभएको थियो।

वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडद्वारा स्थापना गरिएको नाडाले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रमसहित ऐतिहासिक स्वर्ण उत्सव मनाउन थालेको हो। स्वर्ण उत्सव सप्ताहव्यापी रूपमा असार १३ गतेदेखि १९ गतेसम्म काठमाडौंसहित सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गरी मनाइने जनाइएको छ।

स्वर्ण उत्सवलाई स्मरणीय बनाउन नाडाले दशरथ रंगशाला, त्रिपुरेश्वरदेखि होटल याक एण्ड यति, दरबारमार्गसम्म वाकाथन कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा विशिष्ट व्यक्तित्व, नाडाका पदाधिकारी तथा सदस्य, पूर्वअध्यक्ष, सदस्य कम्पनीका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यस अवसरमा नाडाले संस्थाका पूर्वअध्यक्षहरूलाई विशेष सम्मानसमेत गरेको छ। ५० वर्षको अवधिमा नाडाले २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने हालसम्म २१ जना अध्यक्षहरूले संस्थाको नेतृत्व गरिसकेका छन्।

नाडाले आफ्नो वार्षिक प्रकाशनअन्तर्गत ३६औँ संस्करणको ‘नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री’ र ५१औँ संस्करणको ‘नाडा अटो न्यूज’ प्रकाशित गरिसकेको छ। साथै १८औँ संस्करणको ‘नाडा अटो ड्राइभ क्यालेन्डर’ प्रकाशन भइसकेको छ भने आगामी भदौ महिनामा १८औँ संस्करणको ‘नाडा अटो शो’ आयोजना गर्ने तयारी भइरहेको जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध वस्तुगत संघहरूमध्ये नाडाले उत्कृष्ट वस्तुगत संघको पुरस्कार पटक–पटक प्राप्त गरिसकेको छ। साथै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै राष्ट्रिय विपद्का समयमा सहयोगी भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

स्वर्ण उत्सव समारोहको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव मिलनबाबु मल्लले गर्नुभएको थियो।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...