CG Electronics
IME Life
NIMB

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण र बीमा क्षेत्रबीच छलफल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ल्याएका बीमा सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्ने विषयमा नेपाल बीमा प्राधिकरणले नेपाल बीमक संघ, जीवन बीमक संघ, नेपाल तथा पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेको छ।

सोमबार (असार १५ गते) प्राधिकरणमा आयोजित छलफल कार्यक्रममा बजेटमा समेटिएका बीमा सम्बन्धी व्यवस्थाहरूलाई कसरी यथाशीघ्र कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा विचार–विमर्श गरिएको हो।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीमार्फत पुनर्बीमा गराउनुपर्ने व्यवस्था गरेको छ। साथै, दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने, जोखिम न्यूनीकरणका लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने तथा लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क १० लाख रुपैयाँ पुर्‍याउने व्यवस्था पनि समावेश गरिएको छ।

यसैगरी, सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने, दुर्घटना, घातक रोग, ढुवानी लगायतका बीमा अनिवार्य गर्ने तथा सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृतिका क्रममा अनिवार्य रूपमा बीमा गर्नुपर्ने व्यवस्था बजेटमा उल्लेख गरिएको छ।

कार्यक्रममा सहभागीहरूले सरकारले बजेटमार्फत ल्याएका बीमा सम्बन्धी प्रावधानहरूले समग्र बीमा क्षेत्रको विकास, विस्तार तथा पहुँच अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

उक्त अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बजेटमा समेटिएका बीमा सम्बन्धी व्यवस्थाहरू कार्यान्वयनका लागि प्राधिकरणले आवश्यक निर्देशिका यथाशीघ्र तयार गरी जारी गर्ने तथा आवश्यक नीतिगत सहजीकरण समेत प्रदान गर्ने जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल बीमक संघ, जीवन बीमक संघ, नेपालका पदाधिकारी तथा पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूले प्राधिकरणको निर्देशन, सहजीकरण र सहयोगमा बजेटमा उल्लेखित बीमा सम्बन्धी व्यवस्थाहरू शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इभरग्रिनको अध्यक्षमा सविता ढकाल निर्वाचित

लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इभरग्रिनको अध्यक्षमा...

वि.सं.२०८३ असार १८ बिहीवार १२:३४

  काठमाडौं। डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत क्रियाशील लायन्स क्लब अफ...

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य...

वि.सं.२०८३ असार १८ बिहीवार १०:१३

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा...

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपालमा सार्वजनिक, ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी...

वि.सं.२०८३ असार १८ बिहीवार १०:०६

  काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ...

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य, भर्सन ४.५ जुलाई ९ मा सार्वजनिक हुने

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य,...

वि.सं.२०८३ असार १८ बिहीवार १०:०३

  काठमाडौं । विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आफ्नो आगामी...

याङ्गो राइडद्वारा ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा कार्यक्रम आयोजना

याङ्गो राइडद्वारा ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५९

  काठमाडौं । याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको...

सन नेपाल लाइफलाई आईक्यानको ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’

सन नेपाल लाइफलाई आईक्यानको ‘नेशनल बेस्ट प्रेजेन्टेड...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल...