याङ्गो राइडद्वारा ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा कार्यक्रम आयोजना
Thursday Jul 02, 2026
वि.सं.२०८३ असार १८ बिहीवार ०९:५९
काठमाडौं । याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौंमा सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमअन्तर्गत फ्लीट पार्टनर ईन्नोहब प्रा.लि. मार्फत २०० नयाँ मोटरसाइकल चालकलाई मोटरसाइकल वितरण गरिएको थियो। साथै, २०० भन्दा बढी हेल्मेट र रेनकोट पनि प्रदान गरिएको थियो।
कार्यक्रममा वर्षायाममा सुरक्षित रूपमा मोटरसाइकल चलाउने तरिका, ट्राफिक नियमको पालना, सडक सुरक्षा तथा नागरिक जिम्मेवारीबारे नेपाल ट्राफिक प्रहरीद्वारा प्रशिक्षण प्रदान गरिएको थियो।
याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले चालक, यात्रु र स्थानीय व्यवसाय सबैलाई लाभ पुग्ने वातावरण निर्माण गर्नु कम्पनीको उद्देश्य रहेको बताउनुभयो। उहाँले स्थानीय फ्लीट पार्टनरसँगको सहकार्यले चालकहरूलाई सहज आम्दानीको अवसर उपलब्ध गराउनुका साथै नेपालको डिजिटल अर्थतन्त्रलाई समेत सहयोग पुर्याइरहेको उल्लेख गर्नुभयो।
उहाँले सुरक्षा याङ्गोको पहिलो प्राथमिकता रहेको भन्दै नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा चालकहरूलाई आवश्यक सुरक्षा ज्ञान र सामग्री उपलब्ध गराउन पाउँदा खुशी लागेको बताउनुभयो। आगामी दिनमा पनि चालक तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।
कार्यक्रममा ईन्नोहब प्रा.लि.ले नयाँ चालकहरूलाई मोटरसाइकल र हेल्मेट उपलब्ध गराएको थियो। याङ्गो राइडले स्थानीय साझेदारसँगको सहकार्यमार्फत सुरक्षित, भरपर्दो र सहज यातायात सेवा विस्तार गर्दै चालकहरूका लागि रोजगारीका अवसर बढाउने लक्ष्य लिएको जनाएको छ।
























