जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपालमा सार्वजनिक, ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा
Thursday Jul 02, 2026
वि.सं.२०८३ असार १८ बिहीवार १०:०६
काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नुबिया नियो सिरिजअन्तर्गतको यो स्मार्टफोन विशेषगरी नयाँ पुस्ताका मोबाइल गेमरहरूलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार फ्ल्यागशिपस्तरका गेमिङ फिचर, उन्नत कुलिङ प्रणाली तथा शक्तिशाली ब्याट्री क्षमताले सुसज्जित यस स्मार्टफोनले उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्नेछ।
नुबिया नियो ५ जीटी ५जी मा १.५के रेजोल्युसनसहितको १४४ हर्ज गेमिङ डिस्प्ले, ५५० हर्ज नियो ट्रिगर्स ५.०, गेमिङ उद्योगमै पहिलो पटक प्रयोग गरिएको बिल्ट–इन कुलिङ फ्यान तथा ८० वाट फास्ट चार्जिङ सपोर्टसहितको ६,२१० एमएएच डुअल–सेल ब्याट्री उपलब्ध छ। यी विशेषताले लामो समयसम्म सहज गेमप्ले, प्रभावकारी ताप व्यवस्थापन तथा अविरल गेमिङ अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
उत्पादन सार्वजनिक कार्यक्रममा जेडटिई नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन श्रेष्ठले नेपालमा बढ्दो मोबाइल गेमर समुदायलाई लक्षित गर्दै नुबिया नियो ५ जीटी ५जी विकास गरिएको बताउनुभयो। अत्याधुनिक कुलिङ प्रणाली, द्रुत प्रतिक्रिया दिने कन्ट्रोल तथा शक्तिशाली ब्याट्रीका कारण उचित मूल्यमा प्रिमियम गेमिङ अनुभव प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, शंकर ग्रुप तथा जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जटियाले नेपालमा नुबिया नियो ५ जीटी ५जी सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताउँदै गेमिङ स्मार्टफोनको बढ्दो मागलाई ध्यानमा राख्दै यस उपकरणले नेपाली उपभोक्तालाई नवीन प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट मूल्यको संयोजन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
१२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध नुबिया नियो ५ जीटी ५जी को मूल्य ७७ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ। यो स्मार्टफोन नेपालभर जगदम्बा मोबाइल्स प्रालिमार्फत उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामार्फत पनि यो स्मार्टफोन खरिद गर्न सक्नेछन्।
यसअघि जेडटिईले नेपाली बजारमा ‘नुबिया नियो ५ ५जी’ पनि सार्वजनिक गरिसकेको छ। ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यस स्मार्टफोनको मूल्य ५५ हजार ९९९ रुपैयाँ रहेको छ। यसमा युनिसोक टी९३०० अल्टिमेट (६ एनएम) चिपसेट, ६.८ इन्चको १२० हर्ज आईपीएस एलसीडी डिस्प्ले, म्याजिक टच ३.०, ५५० हर्ज नियो ट्रिगर्स ५.०, २० हजार वर्ग मिलिमिटर मल्टिलेयर कुलिङ सिस्टम, ५० मेगापिक्सेल एआई डुअल रियर क्यामेरा, १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा तथा ४५ वाट बाइपास चार्जिङसहितको ६,०५० एमएएच ब्याट्री जस्ता विशेषता रहेका छन्।
जेडटिईले यसअघि नेपाली बजारमा ‘रेडम्याजिक ११ प्रो’ समेत सार्वजनिक गरिसकेको छ, जसले नेपाली गेमर तथा प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ।
नुबिया नियो ५ ५जी, रेडम्याजिक ११ प्रो र नयाँ नुबिया नियो ५ जीटी ५जी सार्वजनिक भएसँगै जेडटिईले नेपालमा आफ्नो गेमिङ स्मार्टफोन पोर्टफोलियोलाई थप सुदृढ बनाउँदै अत्याधुनिक गेमिङ प्रविधि तथा उच्च प्रदर्शनयुक्त स्मार्टफोनलाई व्यापक प्रयोगकर्तामाझ पहुँचयोग्य बनाउने प्रतिबद्धता दोहोर्याएको छ।
























