माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार
Thursday Jul 02, 2026
वि.सं.२०८३ असार १८ बिहीवार १०:१३
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबीपीए)–२०२५’ अन्तर्गत कांस्य पुरस्कार प्राप्त गरेको छ।
बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासका आधारमा उक्त सम्मान प्रदान गरिएको हो।
काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा बैंकका नायब महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गर्नुभएको थियो।
बैंकका अनुसार यस सम्मानले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिवेदन मापदण्डहरूको अवलम्बनमार्फत सरोकारवालाप्रति उत्तरदायी रहन गरिएको निरन्तर प्रयासलाई थप उचाइमा पुर्याउन प्रेरणा मिल्ने विश्वास गरिएको छ।
माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।
























