CG Electronics
IME Life
NIMB

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा वाणी सेवाको क्षेत्रमा सेवा प्रदान गरेको १५ वर्ष पूरा गरेको छ। विगत डेढ दशकदेखि क्लिनिकले श्रवण परीक्षण, श्रवणयन्त्र जडान तथा मिलान, कक्लियर इम्प्लान्ट सेवा, वाणी तथा भाषा उपचार, परामर्श तथा नियमित अनुगमनमार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ।

काठमाडौंको थापाथलीमा मुख्य कार्यालय रहेको क्लिनिकका शाखाहरू विराटनगर, पोखरा र नेपालगञ्जमा सञ्चालनमा छन्। साथै, भक्तपुरको ठिमीस्थित बीपीआई फाउन्डेसन, पुल्चोकस्थित अरुस लाइफस्टाइल अस्पताल तथा ग्वार्कोस्थित बीएनबी अस्पतालमा पनि आफ्नै श्रवण परीक्षण सेवा एकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

क्लिनिकमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको ध्वनिरहित श्रवण परीक्षण कक्ष रहेको छ। उक्त कक्षमा उच्च घनत्वका ध्वनि अवरोधक प्यानल, दोहोरो तहका ध्वनि नियन्त्रणयुक्त जिप्सम भित्ताहरू, कम्पन नियन्त्रणयुक्त विशेष भुइँ तथा ध्वनि चुहावट रोक्ने विशेष ढोकाको प्रयोग गरिएको छ। यसले श्रवण परीक्षणलाई अझ शुद्ध, भरपर्दो र विश्वसनीय बनाउन सहयोग पुर्‍याउँछ।

१५ वर्षको अवधिमा क्लिनिकले ६० भन्दा बढी कक्लियर इम्प्लान्ट सेवा, २५ हजारभन्दा बढी श्रवणयन्त्र जडान तथा मिलान र ४० हजारभन्दा बढी श्रवण परीक्षण सम्पन्न गरिसकेको छ।

नेपाल हियरिङ एन्ड स्पिच क्लिनिक नेपालमा फोनाक, सिग्निया र स्टार्की जस्ता विश्वप्रसिद्ध श्रवणयन्त्र उत्पादक कम्पनीहरूको आधिकारिक वितरक पनि हो। क्लिनिकले श्रवणयन्त्र छनोट, जडान, आवश्यकताअनुसार मिलान, परामर्श, वारेन्टी सेवा, नियमित अनुगमन, प्राविधिक सहयोग, मर्मत–सम्भार तथा आजीवन सहयोग सेवा प्रदान गर्दै आएको छ।

क्लिनिकका अध्यक्ष तथा संस्थापक पुरुषोत्तम भुर्तेलको नेतृत्वमा हाल ३५ जनाभन्दा बढी दक्ष जनशक्ति कार्यरत छन्। यसमा श्रवण विशेषज्ञ, वाणी तथा भाषा विशेषज्ञ, साथै व्यवस्थापन र सञ्चालन टोली आबद्ध छन्।

१५ वर्षको यो यात्रा क्लिनिकका लागि सेवा, विश्वास र व्यावसायिक उत्कृष्टताको महत्वपूर्ण उपलब्धि हो। आगामी दिनमा पनि नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले आधुनिक प्रविधि तथा सेवाग्राही–केन्द्रित सेवामार्फत श्रवण तथा वाणी सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ बनाउँदै लैजाने लक्ष्य लिएको छ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...