CG Electronics
IME Life
NIMB

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल

NIMB
Himalayan Bank

काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१० फुटबल एकेडेमीसँगको सहकार्यमा ‘हुन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस पहलले हुन्डाई नेपालको तल्लो तहदेखि फुटबलको विकास गर्दै नेपाली फुटबलका भावी प्रतिभालाई अवसर प्रदान गर्ने दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

ललितपुरस्थित च्यासल मैदानमा आयोजित १६ वर्षमुनिका खेलाडीहरूको एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए। विश्वकप फुटबल–२०२६ ले विश्वभर फुटबलप्रति उत्साह बढाइरहेको सन्दर्भमा हुन्डाई नेपालले भने प्रत्येक खेलाडीको यात्रा सुरु हुने स्थानीय मैदानमै भावी प्रतिभाको पहिचान र विकासलाई प्राथमिकता दिएको हो।

विश्वकप फुटबल–२०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले आफ्नो विश्वव्यापी अवधारणा ‘भोलिको सुरुआत आजै’ अनुरूप नेपालमा पनि तल्लो तहदेखि फुटबलको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा क्रेटा इलेक्ट्रिक, भेन्यु, आयोनिक–५, एक्स्टर, कोना, क्रेटा, ग्रान्ड आई–१० निओस तथा प्यालिसेडका नाममा रहेका आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक प्रतिस्पर्धापछि भेन्यु टोली विजेता बन्दा क्रेटा इलेक्ट्रिक टोली उपविजेतामा सीमित रह्यो।

यस प्रतियोगिताले युवा खेलाडीहरूलाई व्यवस्थित प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने, नयाँ अनुभव हासिल गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा खेलप्रतिको समर्पण अझ सुदृढ बनाउने अवसर प्रदान गरेको छ। साथै, एजी–१० फुटबल एकेडेमीसँगको सहकार्यले नेपाली फुटबलको तल्लो तहको विकासमा दीर्घकालीन योगदान पुर्‍याउने साझा उद्देश्यलाई थप मजबुत बनाएको छ।

यस अवसरमा एजी–१० फुटबल एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले भन्नुभयो, “नेपालमा प्रतिभाको कहिल्यै अभाव थिएन, अभाव त अवसरको थियो। यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्ने मात्र होइन, त्यसलाई साकार पार्ने आत्मविश्वास पनि प्रदान गर्छन्। हुन्डाई नेपालको यस्तो साथले नेपाली फुटबलको भविष्य अझ उज्ज्वल बन्ने विश्वास लिएको छु।”

‘हुन्डाई नेक्स्ट जेन कप’ युवा प्रतिभाको विकास, समुदायसँगको सहकार्य तथा तल्लो तहदेखि खेलकुदको प्रवर्द्धनमार्फत समाजमा अर्थपूर्ण योगदान पुर्‍याउने हुन्डाई नेपालको दीर्घकालीन सोचको प्रतिबिम्ब हो।

यस प्रतियोगिताको सफल समापनसँगै हुन्डाई नेपालले तल्लो तहदेखि फुटबलको विकास गर्दै भावी पुस्ताका खेलाडीलाई अवसर प्रदान गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...