CG Electronics
IME Life
NIMB

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

NIMB
Himalayan Bank

 

काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा पनि भित्रिने भएको छ। दिपल ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले यो प्रिमियम विद्युतीय एसयूभी निकट भविष्यमै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

क्यु–०५ चीनमा लगातार तीन महिनादेखि आफ्नो वर्गकै सबैभन्दा धेरै बिक्री हुने मोडल बनेको छ। यस वर्षको पहिलो छ महिनामै यसको ७१ हजार ६०० भन्दा बढी गाडी बिक्री भइसकेको छ। विश्वकै सबैभन्दा ठूलो र प्रतिस्पर्धी विद्युतीय सवारी बजारमा सार्वजनिक भएको केही महिनामै यसले अग्रस्थान बनाउन सफल भएको हो।

सार्वजनिक तथ्यांकअनुसार क्यु–०५ ले बीवाईडी सङ प्रो डीएम, जिली सिङयुए र होन्डा सीआर–भी जस्ता प्रतिस्पर्धी मोडललाई पछि पार्दै पहिलो स्थान ओगटेको छ। मार्चमा १२ हजार ६०२, अप्रिलमा १५ हजार ८१४, मेमा १५ हजार ९५४ र जुनमा १८ हजार ९०८ गाडी बिक्री भएको थियो। उक्त सूचीमा ब्याट्रीबाट चल्ने, प्लग–इन हाइब्रिड र पेट्रोलबाट चल्ने सबै प्रकारका सवारी समावेश छन्।

कम्पनीका अनुसार उचित मूल्यमा उच्चस्तरीय सुविधा उपलब्ध भएकाले क्यु–०५ प्रति ग्राहकको आकर्षण बढ्दो छ। चीनमा यो मोडल ४०५ किलोमिटर र ५०६ किलोमिटर यात्रा गर्न सक्ने दुई संस्करणमा उपलब्ध छ। यसमा सीएटीएलका ब्याट्री सेल तथा थ्री–सी द्रुत चार्जिङ प्रविधि प्रयोग गरिएको छ, जसले छोटो समयमा ब्याट्री चार्ज गर्न सहयोग गर्छ।

यसको अर्को विशेषता फराकिलो भित्री भाग हो। कम्प्याक्ट एसयूभी भए पनि २,७३५ मिलिमिटर ह्विलबेस भएकाले यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध हुन्छ। डिजिटल चालक कक्ष, बुद्धिमान जडान प्रणाली, चारैतर्फको दृश्य देखाउने क्यामेरा र आरामदायी भित्री सजावटले पनि यो मोडललाई थप आकर्षक बनाएको छ।

क्यु–०५ को बाह्य डिजाइन अटोमोबाइल क्षेत्रका चर्चित डिजाइनर तथा बिएमडब्लुका पूर्व प्रमुख डिजाइन प्रमुख क्लाउस जाइसोरियो ले तयार गरेका हुन्। आधुनिक स्वरूप, आकर्षक प्रकाश प्रणाली र सन्तुलित बनावटका कारण यसले हालै प्रतिष्ठित गोल्ड ए डिजाइन अवार्ड समेत जित्न सफल भएको छ।

चीनपछि क्यु–०५ को अन्तर्राष्ट्रिय यात्रा थाइल्यान्डबाट सुरु भइसकेको छ। युरोपेली बजारमा भने यही मोडल ई–०६ नामबाट बिक्री गरिनेछ। नेपालमा यसलाई एमएडब्लु वृद्धिले दिपल ब्रान्डअन्तर्गत चाँडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...