NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन ९नेफा० को ३२औँ कार्गो दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बाँनियाले आयात–निर्यात व्यापारलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन राज्यको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले कार्गो व्यवस्थापन, भन्सार प्रणाली, ड्राइपोर्ट सञ्चालन तथा व्यापार सहजीकरणसँग सम्बन्धित विषय मुख्यतः संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भए पनि प्रदेश सरकारले गर्न सक्ने सहयोगमा कुनै कमी हुन नदिने बताए ।

मुख्यमन्त्री बाँनियाले व्यवसायीका समस्या र सुझाव प्रधानमन्त्रीसँग हुने समन्वय बैठक तथा अन्तरसरकारी छलफलमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट मात्रै व्यापारिक वातावरण थप प्रभावकारी बनाउन सकिने उल्लेख गरे ।

उनले वीरगञ्जलगायत प्रमुख भन्सार नाकामा रहेका ड्राइपोर्ट तथा अन्य पूर्वाधारलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आयातित सामानको सुरक्षित भण्डारण, छिटो ढुवानी र सहज वितरणका लागि आवश्यक पूर्वाधार विकासमा जोड दिए। हवाई मार्गबाट हुने कार्गो व्यवस्थापनलाई पनि आधुनिक र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री बाँनियाले प्रविधिको प्रयोग विस्तार गरी कार्गो सेवा अझ छिटो, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । दक्ष जनशक्ति उत्पादनका लागि सीप विकास र तालिम कार्यक्रम सञ्चालनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्न सक्ने पनि उनले उल्लेख गरे ।

उनले कर तिर्ने व्यवसायीले राज्यबाट गुणस्तरीय सेवा पाउनुपर्ने भन्दै तीनै तहका सरकारले सेवा प्रवाहलाई प्रभावकारी, सहज र व्यवसायमैत्री बनाउनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री बाँनियाले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले व्यापार सहजीकरणमा पुर्याएको योगदानको प्रशंसा गर्दै संस्थाका भावी नीति तथा योजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे ।

उनले सफलता हासिल गर्न निरन्तर अभ्यास, संघर्ष र धैर्यता आवश्यक पर्ने उल्लेख गर्दै नयाँ पुस्ताले अघिल्लो पुस्ताको संघर्ष र अनुभवबाट सिक्दै अघि बढ्नुपर्ने बताए ।

समाजमा मेहनत गरेर जीवनयापन गर्ने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री बाँनियाले उत्पादनशील र श्रमप्रति सम्मान गर्ने समाज निर्माणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए ।

 

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...