IME Life
NIMB

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाको मुख्य साझेदार (Main Partner) तथा आधिकारिक होम एप्लायन्स साझेदार (Official Home Appliances Partner) बनेको छ। पाँच वर्षे रणनीतिक सहकार्यअन्तर्गत माइडियाको लोगो अब बार्सिलोनाको खेल तथा प्रशिक्षण जर्सीमा देखिने भएको छ।

सन् २०२६/२७ सिजनदेखि लागू भएको यो साझेदारी सन् २०३०/३१ सिजनसम्म कायम रहने जनाइएको छ। सहकार्यअन्तर्गत एफसी बार्सिलोनाको पुरुष पहिलो टोलीले खेल तथा प्रशिक्षणका क्रममा लगाउने जर्सीको बायाँ बाहुलामा माइडियाको लोगो राखिएको छ। क्लबले सार्वजनिक गरेको नयाँ घरेलु जर्सीमा पहिलोपटक माइडियाको लोगो समावेश गरिएको हो।

माइडियाका अनुसार यो सहकार्य जर्सीमा लोगो राख्ने प्रायोजनमा मात्र सीमित रहने छैन। आगामी पाँच सिजनसम्म दुवै संस्थाले संयुक्त सामग्री निर्माण, खेलदिवस सञ्चार, समर्थक सहभागिता तथा विभिन्न बजार लक्षित गतिविधिमार्फत विश्वभरका उपभोक्ता र फुटबल समर्थकसँग जोडिनेछन्। खेलकुदको उत्कृष्टता, प्रविधिमा नवप्रवर्तन र आधुनिक जीवनशैलीलाई एकै स्थानमा जोड्नु साझेदारीको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

एफसी बार्सिलोनाका प्रथम उपाध्यक्ष राफाएल युस्तेले स्मार्ट होम समाधान, अनुसन्धान र नवप्रवर्तनप्रति माइडियाको प्रतिबद्धता क्लबको भविष्यकेन्द्रित सोचसँग मेल खाने बताए। माइडिया इन्टरनेसनल बिजनेसका अध्यक्ष लुइस फुले विश्वकै लोकप्रिय फुटबल क्लबमध्ये एक एफसी बार्सिलोनासँग दीर्घकालीन सहकार्य गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।

कम्पनीका अनुसार यस साझेदारीले नेपाली फुटबल समर्थकलाई पनि माइडिया ब्रान्डसँग अझ नजिक ल्याउने अपेक्षा गरिएको छ। नेपालमा रहेका बार्सिलोना समर्थकले अब आफ्नो मनपर्ने क्लबको खेल तथा प्रशिक्षण जर्सीमा माइडियाको लोगो प्रत्यक्ष रूपमा देख्न सक्नेछन्।

सन् १९६८ मा स्थापना भएको माइडिया विश्वव्यापी प्रविधि तथा होम एप्लायन्स कम्पनी हो। कम्पनीले रेफ्रिजरेटर, वासिङ मेसिन, किचन एप्लायन्स, वाटर एप्लायन्स, भ्याकुम क्लिनरलगायत स्मार्ट होम समाधानका उत्पादन उपलब्ध गराउँदै आएको छ।

नेपालमा माइडियाका उत्पादनहरूको बिक्री तथा वितरण सीजी इलेक्ट्रोनिक्सले गर्दै आएको छ।

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘भर्सन नेक्स्ट’ डिजिटल प्रणालीको शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य...

वि.सं.२०८३ साउन १८ सोमवार १६:४३

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर...

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...