IME Life
NIMB

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

NIMB
Himalayan Bank

 

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै ‘आईएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न गरेको छ।

होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा देशभरबाट ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ। अभिकर्ताहरूको योगदानको सम्मान गर्दै उनीहरूलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाइ छ।

कार्यक्रममा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल, सञ्चालकहरू, उच्च व्यवस्थापनका पदाधिकारी तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कम्पनीको उल्लेखनीय प्रगतिमा अभिकर्ताको मेहनत र प्रविधिको प्रभावकारी प्रयोग मुख्य आधार रहेको बताए। उनले आगामी दिनमा अभिकर्ताको कामलाई थप सहज बनाउन अत्याधुनिक प्रविधिमा कम्पनीले निरन्तर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला आठ वर्षमा कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्दै प्रविधिमैत्री सेवा विस्तारमा आईएमई लाइफले निरन्तर फड्को मारिरहेको बताए।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताले केवल बिक्रीकर्ताको नभई बीमा परामर्शदाताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धिका लागि कम्पनीले थप तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै जाने जानकारी दिए।

प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यवसायिक सफलतामा अभिकर्ताको भूमिका निर्णायक रहेको बताए। उनले अभिकर्तालाई उच्च प्राथमिकतामा राखेर नयाँ योजना ल्याइएको तथा डिजिटल सेवा थप प्रभावकारी बनाउँदै आगामी दिनमा अझ उत्कृष्ट व्यवसायिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने, सर्वाधिक बीमालेख जारी गर्ने लगायत विभिन्न विधाका उत्कृष्ट अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। अवार्ड आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा कम्पनीका सञ्चालकहरू विनोद केसी, उषा ढकाल, सुनील कुमार पोखरेल, सन्दीप अग्रवाललगायतले वितरण गरेका थिए।

कम्पनीले अभिकर्ताको क्षमता अभिवृद्धि, उत्प्रेरणा र व्यवसायिक दक्षता विकासका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

 

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...