NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का आठ फाइनलिस्टले शुक्रबार चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग भेट गरेका छन् । चौधरी ग्रुपको सानेपास्थित कार्यालयमा भएको भेटमा चौधरीले बाल प्रतिभाहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।

सीजी फुड्सको लोकप्रिय ब्रान्ड क्विक्स स्न्याक्स मुख्य प्रायोजक रहेको गायन प्रतियोगिता भ्वाइस किड्स नेपाल सिजन–५ मा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्दै आएका छन् । प्रतियोगिताको पाँचौँ संस्करणको अन्तिम चरणमा ४८ सहभागीलाई पछि पार्दै आठ प्रतिभा फिनालेमा पुगेका हुन् ।

अन्तिम प्रतिस्पर्धाबाट विजेता बन्ने प्रतिभालाई क्विक्स स्न्याक्स ले आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गर्ने सीजी फुड्सले जनाएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अर्थात ग्राण्ड फिनाले यहि शनिबार आयोजना हुँदैछ । उक्त ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन मार्फत सनिबार राति ८ बजे बाट सुरु हुनेछ ।

भेटका क्रममा निर्वाण चौधरीले बाल प्रतिभाको विकासका लागि उचित अवसर र प्रोत्साहन आवश्यक रहेको बताए । उनले भने, “बालबालिकामा रहेको प्रतिभालाई पहिचान गरेर त्यसलाई अघि बढ्ने अवसर दिनु हाम्रो साझा जिम्मेवारी हो । सीजी फुड्स र क्विक्स स्न्याक्स युवा प्रतिभाको विकास र उनीहरूको सिर्जनात्मक यात्रामा सधैं सकारात्मक साथ दिन प्रतिबद्ध छन् ।”

उनले प्रतिभावान बालबालिकालाई आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने यस्ता कार्यक्रमले नेपाली संगीतको भविष्यलाई थप बलियो बनाउने समेत बताए ।

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:००

  काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...