NADA AUTO SHOW -2026
IME Life
NIMB

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

कम्पनीले स्थापनाको ७९ वर्ष पूरा गरी ८०औँ वर्षमा प्रवेश गरेको अवसरमा आगामी असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित सम्पूर्ण जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीका कर्मचारीहरूको सहभागिता रहने कम्पनीले जनाएको छ।

“Protecting Every Risk, Celebrating Every Goal” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जनसँगै बीमा क्षेत्रका कर्मचारीबीच आपसी समन्वय, सद्भाव र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैलीसम्बन्धी चेतनाको विकास गर्नु रहेको कम्पनीले जनाएको छ।

प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

नेपाल इन्स्योरेन्सले यसअघि आयोजना गरेको प्रतियोगिताको पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाबाट उत्साहजनक सहभागिता रहेको जनाएको छ। सोही उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि नेपाल बीमा प्राधिकरणलगायत जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीहरूको उल्लेखनीय सहभागिता रहने कम्पनीको अपेक्षा छ।

कम्पनीले खेलकुदमार्फत बीमा क्षेत्रका विभिन्न संस्थामा कार्यरत कर्मचारीबीच सहकार्य, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५७

काठमाडौं । मेरो खुकुरीलाई दुई स्वर्ण, न्युडको ‘जस्ट बी यु’लाई...

भृकुटीमण्डपमा भदौ १९ देखि विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा भदौ १९ देखि विद्युत्, ऊर्जा र...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५२

  काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एण्ड ट्रेड...

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:४९

काठमाडौं, ३ भाद्र । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश...

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:४०

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बागमती...

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा ५ हजार ४९० रुपैयाँको इयरबड्स निःशुल्क

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक,...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:५१

  काठमाडौं । ह्वावेले प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी र फिटनेसका...

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक मोबाइल फिल्म निर्माण र मूर्त कृत्रिम बुद्धिमत्ताको नयाँ युग सुरु

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:४६

  काठमाडौँ । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण इकोसिस्टम...