‘मिस टिन एसइइ २०१७’का अन्तिम २५ प्रतियोगी जुटे प्रशिक्षणमा
Thursday Jun 01, 2017
वि.सं.२०७४ जेठ १८ बिहीवार ०८:२५

१८ जेठ, काठमाडौं– स्टार वन इन्टरटेनमेन्टले एसइई दिएर बसेका किशोरीहरुको प्रतिभा र व्यक्तित्व निखार्ने उदेश्यले आयोजना भएको प्रतियोगीता ‘मिस टिन एसइइ २०१७’का अन्तिम २५ प्रतियोगी प्रशिक्षणमा जुटेका छन् ।
प्रतियोगीलाई विभिन्न विषयमा नयाँ बानेश्वरस्थित होटल रानी महलमा २ महिने प्रशिक्षणमा दिइएको ब्यबस्थापक बालकृष्ण पोखरेलले जानकारी दिए । उनका अनुसार प्रतियोगिहरुलाई जुम्वा, स्विमिङ, कोरियोग्राफी, डान्स, कलेज प्रशिक्षण, ग्रुमिङ्ग, भिजिटिङ्ग कक्षासमेत प्रदान गरिएको छन् ।
प्रतियोगिताका विजेतालाई पुर्ण छात्रबृत्ती प्रदान गरिने आयोजक पूजा निरौलाले जानकारी गराएकी छिन् । दिपेन्द्र कार्कीको संयोजन र अश्विनी झाको कोरियोग्राफी रहने कार्यक्रम ४ अषाढमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ।



























