वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन राष्ट्रपतिको आह्वान
Thursday Jun 01, 2017
वि.सं.२०७४ जेठ १८ बिहीवार ०८:१५
१८ जेठ,काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् । संविधान अनुसार सहमतीय सरकार गठनका लागि दिइएको एक साताको समयमा दलहरुबीच सहमति कायम नभएपछि बहुमतीय प्रक्रिया अघि बढाउन राष्ट्रपतिबाट आह्वान भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले विज्ञप्ति मार्फत यसको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ-उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निवाृचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन राष्ट्रपतिले आह्वान गर्नुभएको छ ।’