CG Electronics
IME Life
NIMB

एकैसाथ ३ शाखा उद्घाटन गर्यो ज्योति विकास बैंकले

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१८ जेष्ठ, काठमाण्डौं-  राष्ट्रियस्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङ्गको घोराहिमा गरी एकै दिन ३ नयां शाखाहरु स्थापना गरेको छ ।

३० औं शाखा सुनसरीको झुम्कामा नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । त्यस्तै ३१ औं शाखा सुर्खेतको बीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ सुुर्खेतका अध्यक्ष प्रकाश अधिकारी र यस बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।

यसैगरी ३२ औं शाखा दाङ्गको घोराहीमा नेपाल राष्ट्र बैंक नेपालगंजका निर्देशक गुरु प्रसाद पौडेल, उद्योग बाणिज्य संघ दाङ्गका अध्यक्ष हेमराज बन्जाडे र यस बैंकका संचालक श्री नारायण प्रसाद पौडेलले संयुक्त रुपमा गर्नुभयो ।

यि शाखाहरु सहित ३२ शाखा, एउटा एक्टेन्शन काउन्टर तथा १२ वटा एटिएम मार्फत स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्नेछ । छिटै थप शाखाहरु मार्फत आफ्नो सञ्जाल देशव्यापी बनाउने लक्ष्य बैंकले लिएको छ ।

बैंकको हालको चुक्ता पुंजी रु. १ अर्ब १० करोड ४३ लाख रहेको छ भने १ः१ को हकप्रद शेयर जारी गरिरहेकोे छ । यस अघि झिमरुक विकास बैंकसंग मर्जर प्रक्रिया सम्पन्न गरी गत साउन २८ बाट एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ ।
त्यस्तै, राप्तीभेरी विकास बैंकलाई प्राप्तीको प्रक्रियामा छ । यसरी राष्ट्रिय स्तरको विकास बैंकलाई चाहिने चुक्ता पुंजी रु २ अर्ब ५० करोड सहजै पुर्याउने योजनामा अघि बढिरहेको छ ।

पछिल्लो समयमा व्यवसायको वृद्धि तथा मुनाफामा उल्लेखनीय प्रगति गरीसकेको यस विकास बैंकले यसै आर्थिक बर्षको तेस्रो त्रैमासिक सम्ममा खुद मुनाफा रु १९ करोड २७ लाख आर्जन गरेको छ । बैंकको यो अवधिमा निक्षेप रु ९ अर्ब ३५ करोड तथा कर्जा रु ८ अर्ब ३८ करोड प्रवाह गरेको छ भने निस्क्रिय कर्जाको अनुपात १ प्रतिशत भन्दा तल झारीसकेको छ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...