CG Electronics
IME Life
NIMB

आईएमई ग्रुपको सक्रियतामा सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं, भदौ २३। ओमानको वायुसेवा प्रदायक कम्पनी सलाम एयरले अब काठमाडौंमा आगामी साताबाट दैनिक उडान गर्ने घोषणा गरेको हो ।

डेढवर्ष अघि ओमानको मस्कट–काठमाडौं उडान सुरु गरेको यस एयरलाइन्सले अहिलेसम्म ५० हजार यात्रु बोकिसकेको जनाएको छ । यस एयरलाइन्सले गत १८ महिनादेखि नेपालमा नियमित व्यावसायिक उडान भरिरहेको छ ।

सलाम एयरको नेपालका लागि आधिकारिक टिकट विक्रेता जनरल सेल्स एजेन्ट्स (जीएसए) आईएमई ग्रुप अन्तर्गतको आईएमई इन्टरनेसनल ट्राभल हो ।

सुरुमा रेमिट्यान्सको क्षेत्रबाट व्यापारिक क्षेत्रमा आएको आईएमई समूहले रेमिट्यान्स हुँदै बैंक तथा इन्स्योरेन्स, अटो क्षेत्र, हस्पिटालिटी, जलविद्युत्, इन्भेस्टमेन्ट कम्पनी, वित्तीय संस्था, पूर्वाधार विकास, पर्यटन क्षेत्रलगायतमा सफलता हासिल गरेसँगै पहिलोपटक अन्तर्राष्ट्रिय विमान सेवालाई दैनिक काठमाडौं–मस्कट उडानमा जोडेको हो ।

आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसअघि सातामा तीनवटा मात्र उडान भरिरहेको यस एयरलाइन्सले अब दैनिक मस्कट–काठमाडौं व्यावसायिक उडान भर्ने बताए । उनले आफूहरूको यस कदमले सरकारले मनाउँदै गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ को लक्ष्य प्राप्तिमा पनि निकै सहयोग पुग्ने बताए ।

सलाम एयरले हाल आफ्नो नौवटा विमानबाट नेपाललगायत विभिन्न २० गन्तव्यमा उडान भर्दै आएको जनाएको छ । अहिले नेपालमा यस कम्पनीको उडान व्यवस्थापन आईएमई इन्टरनेसनल ट्राभलले गर्दै आएको छ ।

यो कम्पनी मुलुकको स्थापित सफल व्यावसायिक घराना आईएमई समूहअन्तर्गत सञ्चालित कम्पनी हो । आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाललगायतले दैनिक उडान भरेर नेपाल भ्रमण वर्षलाई सघाउने प्रतिबद्धता जनाए ।

उनले यसले वैदेशिक रोजगारीका लागि ओमान जाने कामदारलाई न्यून हवाई शुल्कमा उडाउने प्रतिबद्धता पनि जनाए । सलामले गत वर्ष ५० हजार यात्रु बोकेको थियो भने यस वर्ष १ लाख पु¥याउने योजना रहेको सो कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने एयरलाइन्सलाई पार्किङ, ल्यान्डिङ चार्जमा छुट दिइने बताए । उनले केही समयपछि सञ्चालनमा आउन लागेको भैरहवास्थित विमानस्थलमा सलाम एयरलाई आकर्षित गर्न छुट दिने बताए ।

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने सबै विमानलाई पनि इन्धन सस्तोमा दिन सकिन्छ, पार्किङ र ल्यान्डिङ चार्जमा पनि छुट दिन सकिने भन्दै उनले त्यहाँबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदार निकै रहेकाले उनीहरूलाई पनि सहज हुने अपेक्षा गरिएको बताए ।

नेपाल विश्वका लागि उत्कृष्ट गन्तव्य बनिरहेको उल्लेख गर्दै उनले सलाम एयरले नेपालमा उडान थप्नु प्रशंसनीय भएको बताए । पर्यटन मन्त्री भट्टराईले सलाम एयरले अब काठमाडौंमा दैनिक उडान भर्ने भए पनि नेपालको पर्यटन क्षेत्रमा थप सहयोग मिल्ने अपेक्षा गरिएको बताए ।

उनले सलाम एयरको दैनिक उडान विस्तारले ओमान हुँदै नेपाल आउने पर्यटकका लागि उपयुक्त मुलुक हो भनेर राम्रो सन्देश दिने बताए । पर्यटन सचिव केदारबहादुर अधिकारीले नेपालको नागरिक उड्डयन क्षेत्रलाई थप व्यवस्थित गर्दै अघि बढ्नुपर्ने धारणा राखे । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि सलाम एयरको उडान विस्तारले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पर्यटन सचिव केदारबहादुर अधिकारीले नेपालको नागरिक उड्डयन क्षेत्रलाई थप व्यवस्थित गर्दै अघि बढ्नुपर्ने धारणा राखे । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि सलाम एयरको उडान विस्तारले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...