CG Electronics
IME Life
NIMB

देशभरका यी ७३ स्थानमा दशैँ लक्षित सहुलियत पसल सञ्चालन, केमा कति छुट ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । नजिकिँदै गरेका दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै सरकारले देशभर ७३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । आज सोमबारबाट सञ्चालनमा आएको सुपथ मूल्य पसल कात्तिक १६ गते छठको दिनसम्म सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुटको टुंगो लगाएको थियो । वाणिज्य मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले ती पसलहरु सञ्चालन गर्ने छन् ।

जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २३, साल्ट ट्रेडिङ कर्पोरेसनले २४ र दूग्ध विकास संस्थानले १५ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछन् । सुपथ पसलमा केमा कति छुट पाइन्छ ? सुपथ मूल्य पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि मासुसमेत छुट मूल्यमा पाइने छ ।

खाद्य व्यवस्था कम्पनीले प्रतिकिलो चामलमा ५ देखि १० रुपैयाँ, फापर, गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, जिउँदो च्याँग्रा,खसी–बोकाको मासुमा १० रुपैयाँ छुट दिनेछ । खाद्यले यसपटक २ हजार च्यांग्रा र १ हजार खसी–बोका बिक्री गर्ने लक्ष्य राखेको छ ।

साल्ट ट्रेडिङले प्रतिकिलो नुनमा २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुट दिनेछ । यस्तै, दूग्ध विकास संस्थानले प्रतिकिलो घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिनेछ । उपत्यकाका २० वटा सुपथ पसल मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका २० वटा सुपथ मूल्य पसल सञ्चालन भएका छन् ।

जसमा घुम्ती पसलसहित साल्ट ट्रेडिङले ११ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ वटा र दूग्ध विकास संस्थानले ४ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेका छन् । साल्ट ट्रेडिङले ३ वटा घुम्तीसहित रामशाहपथ, कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर, सूर्यविनायकमा सुपथ पसल सञ्चालन गरेको छ ।

खाद्य व्यवस्थालले रामशाहपथ,थापाथली, नख्खुलगायतका स्थानमा सुपथ पसल सञ्चालन गरेको छ । दूग्ध विकास संस्थानले लाजिम्पाटसहित विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...