CG Electronics
IME Life
NIMB

महिलाको तस्बिरलाई नाङ्गो बनाउन मिल्ने एप बन्द

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

एजेन्सी, भदौ २३ । महिलाहरूको तस्बिरबाट वस्त्र हटाएर नक्कली तस्बिर बनाउन मिल्ने दाबी गरिएको एउटा एपलाई त्यसका निर्माताहरूले बन्द गरेका छन्। पचास अमेरिकी डलर मूल्य राखिएको डीपन्यूड एपमाथि मदरबोर्ड नामको वेबसाइटमा लेख छापिएपछि यसको आलोचना भएको थियो। रिभेन्ज पोर्न अर्थात् प्रतिशोधको भावनाले अन्य व्यक्तिको नग्न तस्बिर वा भिडिओ वेबसाइटमा राख्ने कार्यविरुद्ध अभियान चलाएकाहरूले सो एपलाई ‘खतरनाक’ भनेका थिए। निर्माताहरूले विन्डोज र लाइनक्समा चल्ने एपका लागि संसार तयार नभएको भन्दै वेबसाइटबाट यसलाई निकालेका छन्। एक जना निर्माताले ट्विटरमा लेखेका छन्, ‘यसको दुरुपयोगको सम्भावना धेरै बढी छ। हामी यसरी पैसा कमाउन चाहदैनौँ।’ सो एप किनेकाहरूले पैसा फिर्ता पाउने र अब यसपश्चात् सो एपको कुनै नयाँ प्रारूप नबनाउने उनीहरूले बताएका छन्। उनीहरूले यो एप भएका मानिसहरूलाई त्यो शेअर नगर्न अनुरोध गरेका छन्। निर्माता समूहले सो एप मनोरञ्जनका लागि केही महिना अगाडि बनाएको बताएका थिए। त्यसका लागि आर्टफिशल इन्टेलिजन्स अर्थात् यान्त्रिक चातुर्य प्रयोग गरिएको थियो। सो सफ्टवेअर वेबसाइटमार्फत् दुई भर्जनमा उपलब्ध थिए। निःशुल्क उपलब्ध भर्जनमा निर्माण गरिएको तस्बिरमाथि ठूलो वाटरमार्क हुन्थ्यो भने किनिएको भर्जनमा एउटा कुनामा ‘फेक’ लेखिएको सानो छाप हुन्थ्यो। आफ्नो विज्ञप्तिमा निर्माताहरूले भनेका छन्, ‘साँच्चै भन्नुपर्दा त्यसको काम गज्जब थिएन र निश्चित प्रकारको तस्बिरमा मात्रै काम गर्थ्यो।’ मदरबोर्डमा लेख छापिएपछि एपको वेबसाइटमा आउने मानिसहरूको सङ्ख्या ह्वात्तै बढेको थियो। मदरबोर्डसँग कुरा गर्दै रिभेन्ज पोर्नविरुद्धको अभियान ब्याडयासका संस्थापक क्याटलिन बाउडेनले सो एपलाई ‘डरलाग्दो भनेकी थिइन्। ‘अब कहिल्यै नग्न तस्बिर नखिचेका जो कोही पनि रिभेन्ज पोर्नबाट पीडित हुनसक्छ। यस्तो प्रविधि सार्वजनिक रूपमा उपलब्ध हुनुहुँदैन।’

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’ प्रमाणीकरण

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२६

  काठमाडौं, जेठ २६ । एनसेल बिजनेसले ललितपुरको नख्खुमा सञ्चालनमा...

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५९

  डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको...

‘इसेवा ह्‌याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

‘इसेवा ह्‌याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

वि.सं.२०८३ जेठ १३ बुधवार २१:१९

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५...

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...