CG Electronics
IME Life
NIMB

एटीएम ह्याक काण्डको फरेन्सिक रिपोर्ट ३ महिनामा आउने, सिस्टम चेञ्ज गर्न नेप्सलाई निर्देशन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । अघिल्लो शनिबार चिनियाँ ह्याकरले विभिन्न बैंकको भिसा कार्ड प्रयोग गरी एटीएम बुथबाट बैंकहरुको साढे ३ करोड रुपैयाँ चोरी गरेको घटनाको फरेन्सिक रिपोर्ट आउन ३ महिना लाग्ने भएको छ ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको आग्रहमा सिंगापूरको भेरि जोन कम्पनीका २ जना फरेन्सिक एक्सपोर्ट गत बुधबार नेपाल आएर विवरण संकलन गरी आइतबार सिंगापूर फर्किएका थिए । भेरि जोन कम्पनीले आइतबार नेप्सलाई प्रारम्भिक रिपोर्ट पठाएको छ ।

तर प्रारम्भिक रिपोर्टकै आधारमा के भएको हो भनेर भन्न नसकिने रिपोर्टमा उल्लेख छ । ‘प्रारम्भिक रिपोर्टका आधारमा के भएको हो भनेर भन्न सक्ने अवस्था छैन,’ भेरि जोनले भनेको छ, ‘फूल रिपोर्ट आउन ३ महिना लाग्छ, फूल रिपोर्ट नआएसम्म घटना कहाँबाट र कसरी भयो भनेर प्राविधिकरुपमा भन्न सकिँदैन ।

ल्याव टेस्ट गरेपछि मात्रै भन्न सकिन्छ ।’ साइबर सेक्युरीटीका विषमा सोमबार दिउँसो राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाका सीइओहरुसँग छलफल गरेको थियो । छलफलमा अघिल्लो शनिबार भएको एटीएम ह्याक प्रकरणको विश्लेषण र समीक्षा गरिएको थियो ।

उक्त छलफलमा नेप्सका सीइओ प्रविण क्षेत्रीले सिंगापूरको भेरि जोन कम्पनीले ३ महिनापछि मात्रै पूर्ण रिपोर्ट आउने जानकारी गराएका थिए । छलफलमा बैंकहरुले नेप्सको प्रणालीमाथि अझै पूर्ण विश्वास गर्न सक्ने अवस्था नरहेको बताएका थिए ।

राष्ट्र बैंकका गभर्नर चिरञ्जीबी नेपाल र डेपुटी गभर्नर शिबराज श्रेष्ठले नेप्सलाई तत्काल सिस्टम चेञ्ज गरेर सुरक्षित सेवा प्रदान गर्न निर्देशन दिएका दिए ।

‘फरेन्सिक टेस्टको फाइनल रिपोर्ट आउन ३ महिना लाग्छ भनेपछि हामीले नेप्सलाई ७ दिनभित्र सिस्टम चेञ्ज गरेर सुरक्षित सेवा सञ्चालन गर्न निर्देशन दिएका छौं,’ डेपुटी गभर्नर शिबराज श्रेष्ठले भने, ‘सिस्टम चेञ्ज नगर्ने हो भने ह्याकरहरुले अरु डाटा चोरेका रहेछन् भने फेरि ठूलो क्षति हुनेगरी चोरी गर्न सक्छन् ।

त्यसैले सिस्टम चेञ्ज गर्न भनेका हौं ।’ अहिलेसम्म प्राविधिकरुपमा ह्याकरहरु कहाँबाट प्रवेस गरे र के के डाटा चोरे भन्ने जानकारी नभएकाले सरोकारवाला सबै सचेत हुनुपर्ने उनले बताए ।

‘धेरै डाटा चोरेका रहेछन् भने त यो पूरानो सिस्टम नै सञ्चालन गर्ने हो भने फेरि चोरी हुनसक्ने संभावना रहन्छ,’ उनले भने । नेप्सका सीइओ क्षेत्रीले पनि आफूहरु सिस्टम र ब्याकअप चेञ्च गर्न लागि परेको क्लिकमाण्डूले उल्लेख गरेको छ ।

‘राष्ट्र बैंकको निर्देशन अनुसार हामी आजैदेखि ब्याकअप र सिस्टम चेञ्ज गरी अझ बलियो र सुरक्षित हुन लागि परेका छौं,’ क्षेत्रीले भने ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...