CG Electronics
IME Life
NIMB

भारतका प्रधानमन्त्री मोदीले स्वीच थिचेर यसरी डिजेल पठाउने,स्वीच थिचेर ओलीले ‘रिसिभ’ गर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं ।  नेपाल भारत पेट्रोलियम पाइपलाइनको आज एक कार्यक्रमगरि उद्घाटन हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेर डिजेल पठाउने र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर ‘रिसिभ’ गर्ने कार्यक्रमतय भएको छ ।

नेपाल भारत पेट्रोलियम पाइपलाइन ३० महिनामा सक्ने लक्ष्यकासाथ सुरु गरिएको थियो । तर निर्धारित समयभन्दा एक वर्षअघि १८ महिनामै आयोजना पुरा भएको हो । पाइपलाइन भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको छ ।

यो पाइपलाईनको क्षमता प्रतिघण्टा २९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सक्ने रहेको छ । कम्प्युटरकै माध्यमबाट पाइपलाईन खुल्ला र बन्द गर्नका लागि कन्ट्रोल रुम अमलेखगञ्जमा बनाइएको छ ।

पाइपलाईनको क्षमता दैनिक २४ घण्टानै चल्न सक्ने भएपनि अहिले भने पूर्ण क्षमतामा चलाइएको छैन । प्रतिघण्टा २ सय ९४ किलोलिटर तेल ल्याउन सकिने पाइपबाट आएको तेल सोहि दिनदेखि नै बजारमा पठाउन सकिने छ ।

पाइपलाइनबाट आउने तेल शुरुमा नेपालमा प्रमुख सहर पोखरा, काठमाडौं र अमलेखगञ्जमा पठाइने छ । अमलेखगञ्ज डिपोमा पाइपलाईन बाट आएको तेल भण्डारणको लागि ४ वटा ट्याङकी पनि राखिएका छन् ।

२ वटा ट्याङकीको क्षमता ४१ सय किलोलिटर रहेको छ भने बाँकी दुईको ३९ सय किलोलिटर रहेको छ । हाल यी चारवटै ट्याङकीमा तेल भरेर राखिएका छन् । आज मंगलबारबाट नियमित रुपमा डिजेल आउने छ भने पेट्रोल ल्याउने तयारी भइरहेको जनाइएको छ ।

पाइपलाईन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको हो । पाइपलाईनको लम्बाई ६९.५ किलोमिटर रहेको छ ।

पाइपलाईनको हिस्सा भारतमा ३२.२५ र नेपालमा ३७.२५ किलोमिटर पर्छ । परियोजनामा कुल २ अर्ब ७५ करोड रुपैंयाँ खर्च भएको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...