CG Electronics
IME Life
NIMB

टेलिकमका लगानीकर्तालाई ४५ प्रतिशतको आकर्षक मुनाफा पारित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ, ७६ पुस २९। नेपाल दूरसञ्चार कम्पनीको मंगलबार सम्पन्न १२औं बार्षिक साधारणसभाले ४५ प्रतिशतको आकर्षक मुनाफा बितरणको प्रस्ताव पारित गरेको छ । सभाले गत बर्षको मुनाफाबाट उक्त मुनाफा बितरण गर्न लागेको हो । कम्पनीले गत बर्ष नौ अर्ब ७६ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो । करिब ९२ प्रतिशत शेयरधनी उपस्थित रहेको जनाइएको सभामा कम्पनीको अध्यक्षको हैसियतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कम्पनीको १२औं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

सो अवसरमा उनले मुलुकको विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सञ्चार तथा सूचना प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने सिलसिलामा कम्पनीको योगदान महत्वपूर्ण रहेको बताए । सुवेदीले देशव्यापीरुपमा आवश्यक पूर्वाधार विकासमा कम्पनीले विशेष ध्यान दिएको बताउँदै कम्पनीले आर्थिक वर्ष २०७५–७६ मा कर तथा गैरकरवापत सरकारी राजस्वमा ३३ अर्ब ३१ करोड रुपियाँ दाखिला गरेको समेत बताए ।

उनका अनुसार कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३ दशमलव ९३ र ४ दशमलव ७५ प्रतिशतले वृद्धि भई ५४ दशमलव ८३ र ४८ दशमलव ४१ प्रतिशत पुगेको जानकारी दिए । सचिव सुवेदीले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आफ्नो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताउँदै प्रविधिको तीब्र विकास भएसँगै विश्वव्यापी रुपमा भ्वाइस सेवाको व्यापारमा शिथिलता आई भ्वाइसको व्यापार क्रमिकरुपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुने क्रम जारी रहेको बताए । तीब्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महशुलमा व्यापक कटौतीका बाबजुद कम्पनीले कुल राजस्व र नाफा क्रमशः ४३ अर्ब ८४ करोड र ९नौ अर्ब ७६ करोड रुपियाँ कायम गर्न सफल भएको उनको भनाई छ ।

विभिन्न कारणले कम्पनीको नाफा घट्न गएको दृष्टान्त पेश गर्दै सुवेदीले वायरलेस प्रविधिको एलटीई एडभान्स फोरजी एलटीई मोबाइल सेवाको विस्तार, एउटै लाइनबाट गुणस्तरीय टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजनसमेत चलाउन सकिने एफटीटीएच प्रविधिको विस्तार, डाटाको मागलाई बढाउने भ्यालु एडेड सेवाहरूको विस्तार साथै अन्तर्राष्ट्रिय रोमिङ सेवाको विस्तार र सेवाहरूको गुणस्तर सुधारलगायतका कार्यहरूमा कम्पनीले थप तीब्रता दिएकोले चालू आर्थिक वर्षदेखि कम्पनीको राजस्व वृद्धि हुने दावी गरे ।

सचिव सुवेदीले गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवासर्वसुलभ तरिकाले उपलब्ध गराउन चालू आर्थिक वर्षमा देशभरी फोरजी एलटीई प्रविधिको जीएसएम सेवा उपलब्ध गराउनुुका साथै नेटवर्क कभरेज नभएका र आयको दृष्टिकोणले तुलनात्मकरुपमा पछि परेका क्षेत्रहरूमा जीएसएम सेवा विस्तार गर्ने, वायरलाइन सेवातर्फ अप्टिकल फाइबर नेटवर्क–एफटीटीएच प्रविधिबाट स्तरीय र भरपर्दो फिक्स ब्रोडब्याण्ड इन्टरनेट तथा भ्वाइस सेवा विस्तार गर्ने, दूरसञ्चार सेवा प्रदान गर्नका लागि मध्यपहाडी लोकमार्ग तथा सोसँग जोडिएका क्षेत्रहरूमा अप्टिकल फाइबर नेटवर्क तथा माइक्रोवेभ रेडियो लिंक विस्तार गर्ने, कम्पनीले उपलब्ध गराउने सेवाहरूमा नियामक निकायले तोकेको मापदण्ड अनुसारको केपीआई कायम राखी नियमित अनुगमन तथा निरीक्षण गर्ने, कम्पनीद्वारा प्रदत्त दूरसञ्चार सेवाहरूमा विभिन्न सूचनामूलक मनोरञ्जनात्मक तथा नवीनतम् भ्यालु एडेड सेवाहरू सञ्चालन गरी राजस्व वृद्धि गर्ने, सेवामा अवरोध आउन नदिन अन्य सिस्टमका अतिरिक्त विद्यमान बिलिङ सिस्टममा आवश्यक क्षमता वृद्धि गर्ने, सेवाहरूको विकास, विस्तार र प्रभावकारी बजारीकरण गर्न अनुसन्धान तथा विकास कार्यलाई निरन्तर अघि बढाउने  लक्ष्यहरू निर्धारण गरिएको जानकारी दिए । सभामा शेयरधनीहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै सुवेदीले उनीहरुको सुझावहरु संभव भएसम्म कार्यान्वयन गर्ने बताएका थिए । सभाले पारित गरेबमोजिमको लाभांश बुधबारदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने जनाइएको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...