हिमालयन बैंकका ग्राहकले ७५ स्थानमा ३५ प्रतिशत छुट
Sunday Jan 19, 2020
वि.सं.२०७६ माघ ५ आइतवार १६:०२

७६ काठमाडौं,५ माघ : हिमालयन बैंकका ग्राहकले विभिन्न ७५ भन्दा बढी ठाउँमा विशेष छुट पाउने भएका हुन् । बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका विभिन्न ७५ भन्दा बढि स्थानमा विशेष छुट दिने भएको हो ।
बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा भारी छुट पाउने छन् ।
बैंकले ती स्थानहरुसंगको सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो । यस बैंकका ग्राहकले आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउने छन् ।
हाल यो योजना ७५ भन्दा बढि स्थानबाट लागू भएको छ । निकट भविष्यमा बैंकले यस योजना देशभरि कम्तिमा २०० वटा थप स्थानहरुमा विस्तार गरि आफ्ना ग्राहकहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।






















