CG Electronics
IME Life
Ncell NPL

नेपाल राष्ट्र बैंकले (सीसीडी रेसियो) नपुर्‍याएको भन्दै बंगलादेश बैंकलाई कारवाही

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६काठमाडौं,२०माघ: नेपाल राष्ट्र बैंकले गत साता नेपाल बंगलादेश बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कर्जा श्रोत परिचालन अनुपात (सीसीडी रेसियो)  नपुर्‍याएको भन्दै बंगलादेश बैंकलाई कारवाही गरेको हो ।

यि बैंकले तोकिए अनुसार (सीसीडी रेसियो)  कायम नगरेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले बताएको छ ।

अहिले राष्ट्र बैंकले बैंकहरुलाई ८० प्रतिशत (सीसीडी रेसियो)  कायम गर्न भनेको छ । यो भनेको कुनै बैंकले एक सय रुपैयाँ निक्षेप लिए भने ८० रुपैयाँमात्रै कर्जा लगानी गर्न पाउँछन्, २० रुपैयाँ भने बैंकले तरलता राख्नु पर्छ । यस्तो व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले बंगलादेश बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले जरिवाना तिराइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो सँगै यस वर्ष कारवाहीमा पर्ने वाणिज्य बैंकको संख्या ४ पुगेको छ । राष्ट्र बैंकले कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको थियो ।

राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा नै हुनुपर्छ । तर गत आर्थिक वर्ष २०७५र७६ मा एनबी बैंकले ९ प्रतिशत पनि पुर्याउन नसकेको राष्ट्र बैंकले बताएको छ ।

कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना राष्ट्र बेंकले गर्ने गरेको छ । सोही अनुसार लगानी पुर्याउन नसकेको रकमको ब्याज बराबरको रकम राष्ट्र बैंकले जरिवाना तिराएको हो ।

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५ ग्राम वाइ वाइ क्लासिकको मूल्य रु ३०

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १५:१९

  काठमाडौं । वाइ वाइ उत्पादनको चार दशक पूरा भएको...

गोदरेज रेफ्रिजरेटर: टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

गोदरेज रेफ्रिजरेटर: टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ११:२४

काठमाडौं – नेपाली उपभोक्ताका लागि टिकाउपन र विश्वसनीयता सधैं पहिलो...

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ आकर्षक प्याकेजहरू घोषणा

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:१०

  काठमाडौं, बैशाख १० — नेपाल टेलिकमले “समर अफर २०८३”...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ०९:४५

  काठमाडौं । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको...