CG Electronics
IME Life
Ncell NPL

सूचना प्रविधि विधेयक छिट्टै पारित हुन्छ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं,२फाल्गुण:सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताएका छन् । क्यान इन्फोटेक मेलाको २६औँ संकरणको आज उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन, पारदर्शिता र डिजिटल कारोवारको वैधता आदि विषयलाई ध्यान दिएर सरकारले विधेयक ल्याएको उल्लेख गरे । डिजिटलको दुरुपयोग रोक्न र यसबाट हुने अपराध नियन्त्रण गर्न सरकारले नीतिगत सुधारको प्रक्रिया अघि बढाएको उनको भनाइ थियो ।

अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने तर, डिजिटल क्षेत्रमा हुन खोजेका सुशासन पारदर्शिता र डिजिटल कारोवारका वैधतालाई बेवास्ता गर्न नमिल्ने भन्दै सञ्चारमन्त्री बाँस्कोटाले भने, “सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतासँग मात्रै जोडिएको छैन ।”

उनले भने, “सूचना प्रविधि विधेयकमाथि गलत ब्याख्या भयो कि भन्ने लाग्छ ।” उनले प्रश्न गरे, “प्रविधिको पहुँच, हस्तान्तर र प्रविधिको पहुँच र अभावबीचको खाडलको पूरा गर्ने भनेर ‘डिजिटल इकोनोमी’ को कुरा गर्ने तर कानूनी व्यवस्था, सुरक्षित कारोवार, सदुपयोगजस्ता विषयलाई ख्याल नगर्ने ”

सञ्चारमन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयकमा पहिलाको विद्युतीय कारोवार ऐनका भन्दा बढी स्वतन्त्रताका विषयहरु रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रताका नाममा हल्लाको पछि नलाग्न आग्रह गरे । “सामाजिक सञ्चालका केही कुरा जोडिएको छ । त्यो मिडियासँग जोडिएको विषय होइन । विधेयकमा रहेका दण्ड, सजाय बढी भएमा त्यसलाई कम गराएर पारित गर्छौ”, उनले भने ।

उनले डिजिटल नेपालको सङ्कल्पको व्यवहारिक कार्यान्वयनका लागि सरकारले पर्याप्त लगानी गरेको र गाउँका कुनासम्म इन्टरनेटको पहुँच विस्तारमा लागेको बताए । उनले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको सूचना प्रविधि विधेयक हाल सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको जानकारी दिए । उनले संसद्को विकास समितिको बैठकले सूचना प्रविधि विधेयकको प्रतिवेदन फरकमतसहित पारित गरेको उल्लेख गरे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले राष्ट्रिय आकांक्षा प्राप्त गर्नका लागि महत्वपूर्ण औजारको रूपमा रहेको सूचना प्रविधि क्षेत्रको विकास विस्तारमा आयोगले पहलकदमी लिने बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’का १० राष्ट्रिय लक्ष्यमध्ये रहेकाले त्यस क्षेत्रलाई सरकारले दरिलो बनाउनुपर्ने उनको भनाइ थियो । उनले सरकारले अघि सारेको डिजिटल नेपालको कार्ययोजनालाई योजना आयोगले १५औँ योजनाको रुपान्तरणकारी योजनाको रूपमा स्वीकार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन र सेवाग्राहीको पहुँचलाई सहज तुल्याउन सूचना प्रविधिको उपयोग हुने उल्लेख गरे।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले देशको ६० प्रतिशत भूभागमा इन्टरनेटको पहुँच विस्तार भएको र यसै वर्ष देशभर चौथो पुस्ताको सेवा ‘फोरजी’ विस्तार गरिने जानकारी दिए । क्यान महासङ्घका अध्यक्ष नवराज कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रविधिका नवीन विषयको प्रचारप्रसार तथा सूचना प्रविधिको विकास प्रवद्र्धन गर्ने उद्देश्यले क्यान मेलाको आयोजना गरिएको बताए ।

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम, शैक्षिक क्षेत्रमा ऐतिहासिक उपलब्धि

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम,...

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:०४

  काठमाडौं। नेपाली मूलका आशिष बिष्टले शैक्षिक क्षेत्रमा अभूतपूर्व सफलता...

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१५

  काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र...

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:०८

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:००

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...