CG Electronics
IME Life
Ncell NPL

चित्रमार्फत क्यानभासमा राष्ट्रप्रेम

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


७६ललितपुर,३फाल्गुण:ललितपुरको आदर्श बिद्या सदनका विद्यार्थीहरुले चित्रमार्पmत क्यानभासमा राष्ट्रप्रेम दर्शाएका छन् । विद्यालयको आठौं अभिभावक दिवसको अवसरमा आज एक समारोहका बीच ५ जना बिद्यार्थीले क्यानभासमा १५ मिनेटमा आफ्नो कला सिर्जना गरेका हुन् ।

चित्रकार चित्रकार अजय देशारले प्रशिक्षणमा देशमा दीगो शान्तिको कामना तथा नेपाल पर्यटन वर्षको सन्देश दिदँै उक्त चित्र कोरिएको हो ।
बाल चित्रकार सुजन श्रेष्ठ, रिसिम राई, अङ्मु शेर्पा, एञ्जिला शाक्य र निशा राईले संयुक्त रुपमा क्यानभासमा एक्रिलिक रंगले कला सिर्जना गरेका थिए । उक्त अवसरमा बिद्यार्थीले बनाएका चित्रमा वरिष्ठ कलाकार हरिहर शर्माले हिस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।


कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ कलाकार शर्माले बालबालिकाको हरेक क्रियाकलापले अभिभावकलाई मोहित बनाइरहेकोले उनीहरुको क्षमतालाई बुझ्नुपर्ने विचार राख्नुभयो । नृत्य, गायन र संगीतसँगै विद्यालयले अभिनयसमेत समेट्न सकिने सुझाव दिनुभयो ।


विद्यालयका प्रिन्सिपल दीपकराज जोशीले बिद्यार्थीको खुबीलाई प्रस्फुटन गर्न तथा बिद्यार्थीलाई पारिवारिक माहोलको खाचोँलाई मध्यनजर गरी सोही अनुसारको व्यवस्था गरिएको बताउनुभयो ।


ललितपुरको ज्यापू प्रज्ञा भवनमा आयोजित कार्यक्रममा विभिन्न संस्थागत विद्यालयका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यार्थीहरुको वाक्लो उपस्थिति रहेको थियो ।

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ :...

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:१०

  भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने,...

वि.सं.२०८१ साउन १५ मंगलवार २२:४१

  काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने...