CG Electronics
Ncell NPL
NIMB

कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर : विश्वराज पोखरेल

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६काठमाडौं,५चैत:महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने बताएका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरले आज यहाँ आयोजना गरेको ‘अपराध नियन्त्रणमा स्थानीय प्रहरी र नागरिकको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले कोभिड–१९ को त्रास देखाएर केही व्यापारीले कालोबजारी गरेको भन्दै त्यसका विरुद्ध नेपाल प्रहरी लाग्ने विश्वास व्यक्त गरे ।

‘विपद्का बेला सहयोगका साथ अगाडि बढ्नुपर्नेमा केही व्यवसायी र विचौलिया अत्यावश्यक सामग्रीलाई कृत्रिम अभाव खडा गर्न लागेका छन्, त्यस्ता व्यापारीविरुद्ध प्रहरीले निर्दयी भएर कारवाही अगाडि बढाउँछ’, उनले भने । एक नेपालीले अर्को नेपालीलाई ठग्ने प्रवृत्तिको अन्त्य गरिने उनको भनाइ थियो ।

उनले ठमेललाई शान्त र सुरक्षित बनाउन स्थानीय समुदायको सहकार्यमा प्रहरी अगाडि बढ्ने बताए । सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पूरा गर्न नेपाल प्रहरी लागिरहेको उनको भनाइ थियो । नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले अपराधमुक्त समाज निर्माणका लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।

काठमाडौँ महानगरपालिका–१७ का वडाध्यक्ष नवीन मानन्धरले प्रहरीसँग सहकार्य गरेर समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीय सरकारले प्रहरीलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोल, समाजसेवी देवेन्द्र रिमाल, संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङलगायतले समाजमा हुने अपराध नियन्त्रणमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अवसरमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति तथा सङ्घसंस्थालाई सम्मानसमेत गरिएको थियो । रासस

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : प्राडा दाहाल

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:११

  काठमाडौं । शिक्षाविद् प्राध्यापक डाक्टर राम प्रसाद दाहालले वर्तमान...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा...

वि.सं.२०८२ चैत २६ बिहीवार १४:३०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको...

नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ अधिवेशन...

वि.सं.२०८२ चैत २६ बिहीवार ११:४९

  ओखलढुंगा । नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ जिल्ला...

भिभोद्धारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित भी७० सार्वजनिक

भिभोद्धारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित...

वि.सं.२०८२ चैत २४ मंगलवार १७:३५

  काठमाडौं। भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन...

मकवानपुरमा प्रहरीको ‘अपरेसन ड्रप’ : अबैध क्रियाकलापमा संलग्न ४० भन्दा बढी व्यक्ति पक्राउ

मकवानपुरमा प्रहरीको ‘अपरेसन ड्रप’ : अबैध क्रियाकलापमा...

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:३९

  हेटौँडा । मकवानपुर जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले...