CG Electronics
IME Life
NIMB

भिभोद्धारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित भी७० सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं। भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी७० सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो स्मार्टफोन विशेष रूपमा उच्च गुणस्तरको पोट्र्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सकिने गरी डिजाइन गरिएको छ ।

नयाँ भी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले टाढाबाट पनि स्पष्ट र उच्च गुणस्तरका तस्बिर खिच्न मद्दत गर्छ । लाइट कम हुँदा पनि राम्रो फोटो खिच्ने यस क्यामेराले प्रयोगकर्ताहरुले महत्वपूर्ण क्षणहरू कैद गर्न सक्ने कम्पनीको दाबी छ । स्टेज कार्यक्रम वा पोट्र्रेट फोटो खिच्दा पनि यसले उत्कृष्ट विवरण र स्पष्टता प्रदान गर्ने जनाइएको छ ।

यसैगरी, भी सिरिज अन्तर्गतको भी७० मा पहिलो पटक ४के ६० फ्रेम प्रति सेकेन्ड भिडियो रेकर्डिङ सुविधा उपलब्ध गराइएको छ । एआई स्टेज मोडको सहयोगले १ गुणादेखि १० गुणा र २० गुणासम्म जूम गरेर पनि स्पष्ट दृश्य कैद गर्न सकिन्छ । यसले विशेष गरी कन्सर्ट तथा स्टेज कार्यक्रमहरूमा टाढाबाट खिचिएका तस्बिरमा अनुहारको स्पष्टता र साना विवरणहरू सुरक्षित राख्न मद्दत गर्ने बताइएको छ । साथै, जाइस मल्टिफोकल पोट्र्रेट र जाइस स्टाइल बोकेह जस्ता फिचरहरूले पोट्र्रेट फोटोग्राफीलाई अझ आकर्षक बनाउनेछन् ।

डिजाइनतर्फ, भी७० मा एयरोस्पेस–ग्रेड ६–सिरिज एल्युमिनियम एलोय फ्रेम प्रयोग गरिएको छ, जसले उपकरणलाई मजबुत र टिकाउ बनाउनुका साथै जंग ९अयचचष्यकष्यल० प्रतिरोधी क्षमता पनि प्रदान गर्छ । फ्ल्याट डिस्प्ले विथ राउन्डेड कर्नर्स डिजाइनले आधुनिक र प्रयोगमैत्री अनुभव दिने कम्पनीको भनाइ छ । फ्ल्यागशिप मेटालिक क्यामेरा मोड्युलले यसको प्रिमियम लुकलाई अझ निखार दिएको छ । यो स्मार्टफोन ड्युन ग्रे र स्यान्डलवुड ब्राउन रंगमा उपलब्ध हुनेछ ।

प्रदर्शनका हिसाबले, भी७० मा १.५के अल्ट्रा क्लियर ओएलईडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट राखिएको छ, जसले स्मूद र स्पष्ट दृश्य अनुभव प्रदान गर्छ । ६५०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यासचार्ज प्रविधिले लामो समयसम्म प्रयोग गर्न सकिने र छिटो चार्ज हुनेछ । साथै, आईपी६८ र आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमताले दैनिक प्रयोगमा थप सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भी७० देशभर बिक्रीका लागि उपलब्ध भइसकेको छ । यसको १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ८३,९९९ तोकिएको छ भने १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ९४,९९९ रहेको छ । यो स्मार्टफोन भिभोका आधिकारिक विक्रेताहरू तथा दराज अनलाइनमार्फत खरिद गर्न सकिनेछ ।

भिभोे भी७० लाई थप आकर्षक बनाउन भिभोले विशेष अफरहरू पनि ल्याएको छ । पहिलो १,२०० ग्राहकले भिभो बड्स एयर ३ निःशुल्क प्राप्त गर्नेछन् । त्यसैगरी, पहिलो २,००० ग्राहकले ६ महिनासम्म मान्य हुने एकपटकको स्क्रिन रिप्लेसमेन्ट र एकपटकको वाटर ड्यामेज प्रोटेक्सन सुविधा प्राप्त गर्नेछन् । साथै, ४ जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ईभी स्कुटर जित्ने अवसर पनि पाउनेछन् ।
ग्राहकहरूले भी७० लाई १२ महिनाको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि खरिद गर्न सक्नेछन् ।

 

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...