CG Electronics
IME Life
NIMB

नयाँ वर्षमा हायरको आकर्षक अफर : फ्री गिफ्टदेखि ६५ इन्च टीभीसम्म जित्ने मौका

NIMB
Himalayan Bank

 

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर हायरले आफ्ना विभिन्न घरायसी उपकरणमा विशेष छुट तथा उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले फ्रिज, वासिङ मेसिन, टेलिभिजन, एयर कन्डिसनरलगायतका उत्पादन खरिद गर्दा ग्राहकले फ्री गिफ्ट, क्यासब्याक र बम्पर उपहार जित्ने अवसर पाउने जनाएको छ ।

कम्पनीका अनुसार रेफ्रिजेरेटरअन्तर्गत सिङ्गल डोर फ्रिज खरिद गर्दा महाराजा ड्राइ आइरन, डबल डोर फ्रिजमा महाराजा स्टिम आइरन तथा साइड–बाइ–साइड फ्रिज खरिद गर्दा ५० लिटर क्षमताको हायर फ्रिज उपहार दिइनेछ ।

त्यस्तै, वासिङ मेसिन खरिद गर्ने ग्राहकलाई पनि विशेष उपहारको व्यवस्था गरिएको छ । सेमि–अटो वा टप लोड वासिङ मेसिनमा महाराजा ड्राइ आइरन र फ्रन्ट लोड वासिङ मेसिनमा ५०० वाट क्षमताको महाराजा मिक्सर ग्राइन्डर–नोभेलो उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।
एयर कन्डिसनर (एसी) खरिद गर्ने ग्राहकका लागि तीन हजार रुपैयाँ बराबरको निःशुल्क जडान सुविधा उपलब्ध हुनेछ । साथै, चेस्ट फ्रिजर र भीसी कुलरमा २० प्रतिशतसम्म क्यासब्याक तथा माइक्रोवेभ ओभन र एलइडी टीभी खरिदमा पनि २० प्रतिशतसम्म क्यासब्याक दिइने व्यवस्था गरिएको छ ।

हायरले अफरलाई अझ आकर्षक बनाउन ‘बम्पर अफर’ समेत ल्याएको छ । यसअन्तर्गत साप्ताहिक ‘लक्की ड्र’ मार्फत विजेतालाई महाराजा मिक्सर ग्राइन्डर प्रदान गरिनेछ भने ग्रान्ड प्राइज अन्तर्गत एक जना भाग्यशाली ग्राहकले ६५ इन्चको हायर एलइडी टीभी जित्ने अवसर पाउनेछन् । यसका अतिरिक्त ‘सेयर एन्ड विन’ योजनाअन्तर्गत ग्राहकले हायरको पोस्ट फेसबुक र इन्स्टाग्राममा सेयर गरेर सिंगल डोर फ्रिज जित्न सक्नेछन् ।

यो अफर चैत्र २३ गते (सोमबार) देखि लागू भई सीमित अवधिसम्म मात्र कायम रहने कम्पनीले जनाएको छ ।

नयाँ वर्षको अवसरमा ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै थप लाभ प्रदान गर्ने र ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीको भनाइ छ ।

 

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...