CG Electronics
IME Life
Ncell NPL

‘डाक्टर खाते’का कारण भ्याई नभ्याई छ रोशनी लाई

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

२८ असार, काठमाडौं –‘डाक्टर खाते’ अर्काे साता अर्थात साउन ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । बिभिन्न अन्तराष्ट्रिय महोत्सबमा प्रदर्शनी भएको यो चलचित्र एकसाथ देशभर रिलिज हुन लागेको छ ।

 

सडक बालबालिकालाई पनि उचित संरक्षण र शिक्षा दिन सक्यो भने उनीहरु भबिस्यामा डाक्टर लगायत विभिन्न सफल पेशामा रहन सक्छन् भन्ने मुल सन्देश दिने चलचित्र ‘डा. खाते’ले आम नेपाली भन्दा फरक बिषयबस्तु बोकेको छ ।

 

चलचित्र अभिनेत्री रोशनी केसीले निर्माण गरेकी हुन् । यसको प्रदर्शन मिति एकसाता मात्र बाँकी रहँदा अभिनेत्री केसीलाई अहिले भ्याइ नभ्याइ भएको छ । ‘चलचित्रको प्रचार प्रसार, प्रदर्शन ब्यवस्थादेखि सबै आफैले हेर्नु परिरहेको छ ’ अभिनेत्री रोशनीले भनिन् ‘खाने समेत फुर्सद छैन ।’

 

अभिनेत्री रोशनीलाई चलचित्रको सबै कामको चटारो त्यसै परेको होइन । निर्देशक रबीराज अर्याल चलचित्र नसकाउदै बिदेश रहेकोले सबै काम आफुले गर्नु परेको केसीले बताइन् ।

 

चलचित्रको प्राबिधिक काम नसकिदै निर्देशक रबिराज अमेरिका बिदेशिएका हुन् । त्यसयता चलचित्र सकाउने देखि प्रदर्शन र प्रचार प्रसारसम्मको काम उनी आफैले सम्हाल्दै आएकी छन् । ‘निर्माता देखि निर्देशक र प्रचार प्रसारको रुपमा कलाकारको काम एक्लैले गर्दा निकै कठिन हुँदो रहेछ’ उनले सुनाइन् ।

 

त्यसो त यो निर्माण देखि अहिलेसम्म चलचित्रको काममा उनलाई सघाउने अर्काे एक ब्यक्ति पनि छन् । ति हुन् निर्देशक समेत रहेका पत्रकार डब्बु क्षेत्री । उनका कारणले केसीलाई केही हल्का भएको छ । डब्बु चलचित्रका कास्टिङ निर्देशक पनि हुन् । ‘निर्देशकको आधा जिम्बेवारी डब्बु जिले ब्यर्होदिनु भएको छ’ उनले थपिन् ‘प्रचार प्रसारमा पनि त्यतिकै साथ छ ।’

 

शिल्पा पोखरेल, रोशनी केसी, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपाली लगायतको अभिनय रहेको चलचित्र काठमाडौंमा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले बितरण जिम्मा लिएको छ । चलचित्र जगदिश्वर थापाले लेखेका हुन् ।
आरआर ड्रिमवर्ड इन्टरटट्रेनमेन्टद्वारा निर्मित यो चलचित्रको छायाँकन पोखराको धिताल गाउँ र काठमाडौंमा गरिएको हो । चलचित्रमा दिव्यराज सुबेदीको छायाँकन, योगेश्वर अमात्यको गायन, सचिन सिंहको संगीत, तारा थापा किम्लेको सम्पादन रहेको छ ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...