CG Electronics
IME Life
NIMB

बच्चा को लागि खेलौना किन्नुअघि यी कुरा ख्याल गर्नुपर्छ

NIMB
Himalayan Bank

 

अन्लाईनखबर / २८ असार, काठमाडौँ- खेल बच्चाको विकासको एक स्वाभाविक र अहम् हिस्सा हो । खेलमा उसको व्यक्तित्वको विकास हुन्छ । उसले नयाँ कौशल सिक्छ । शारीरिक सक्रियता बढ्छ । सिर्जनशिल क्षमता विकास हुन्छ । र, यसका लागि सहायक हुन्छ, खेलौना ।

खेलौना यति महत्वपूर्ण हुन्छ कि, त्यसलाई खरिद गर्नुअघि केहि कुरा ध्यान राख्नैपर्छ । जस्तो कि, बच्चाको उमेर अनुसार कस्तो खेलौना ठीक हुन्छ, कुन खेलौना कति सुरक्षित हुन्छ । त्यसैले खेलौना किन्नुअघि केहि कुरा ख्याल गर्नैपर्छ ।

१. वार्निङ लेबल आवश्य पढौं

जुनसुकै उमेरको बच्चाका लागि होस्, खेलौना खरिद गर्नुअघि त्यसको वार्निङ लेबल पढ्नैपर्छ । अझ तीन बर्षभन्दा कम उमेरका बच्चाका लागि खेलौना किन्ने हो भने वार्निङ लेबल अनिवार्य पढ्नुपर्छ । त्यसमा उक्त खेलौनाले बच्चामा हुनसक्ने संभावित खतराको बारेमा बताइएको हुन्छ । साथै, के सावधानी राखिएको छ, त्यो पनि उल्लेख हुन्छ ।

२. धारिलो खेलौनाबाट बचौं

खेलौना धारिलो वा असुरक्षित हुनसक्छ । त्यसैले खरिद गर्नुअघि उक्त कुरा ख्याल गर्नैपर्छ । अक्सर सानो बच्चाले खेलौना मुखमा हाल्छ । यसले उनीहरुको गिजा काटिन सक्छ । अन्य भागमा चोट पटक लाग्न सक्छ । त्यसैले खेलौना खरिद गर्दा त्यसले कतै चोटपटक लाग्ने छ/छैन ? हेर्नुपर्छ ।

३. लामो धागो भएको खेलौना

लामो धागो भएको खेलौना बच्चाका लागि सुरक्षित हुँदैन । किनभने हामी खेल्ने कुरासँग बच्चालाई छाडेर अन्य काम गर्न थाल्छौ । बच्चा त्यही धागोमा बाधिन सक्छ,अल्झिएर लड्न सक्छ ।

५. स-सानो टुक्रा भएको खेलौना

सानो बच्चाका लागि स-सना टुक्रा भएको खेलौना ठीक हुँदैन । यस्तो खेलौना उसले मुखमा हाल्न सक्छ । सकेसम्म मुखमा नअटाउने खेल्ने कुरा ल्याउनुपर्छ ।

६. बलियो र सुरक्षित

खेलौना खरिद गर्दा त्यो कति टिकाउयुक्त छ एवं कति बलियो छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । किनभने, बच्चाले खेलौना खेल्दा त्यो फुट्ने, टुक्रिने हुनसक्छ । त्यस्ता खेलौनाले चोटपटक पनि लाग्न सक्छ ।

६. कडा आवाज भएको खेलौना

कति खेलौनामा यस्तो आवाज हुन्छ, जसले बच्चाको श्रवणशक्तिमा असर गर्न सक्छ । बच्चालाई भुलाउनका लागि आवाज आउने खेलौना खरिद गर्नुछ भने, त्यसको आवाज आवश्य जाँच्नुपर्छ ।

७. यस्तो खेलौना, जसबाट बच्चाले केहि सिकोस्

अक्सर खेलौना खरिद गरेको समय तीन कुरालाई ध्यान दिनुपर्छ

१. त्यो खेलौना कति उपयोगी छ ?

२. बच्चाले उक्त खेलौनासँग कति लामो

समयसम्म रुचीपूर्वक खेल्न सक्छ ?

३. के खेलौनाबाट बच्चाले केहि नयाँ कुरा सिक्छ ?

बच्चालाई त्यस्तै खेलौना उपयोगी हुन्छ, जो सुरक्षित, रुचीकर हुनका साथै रचनात्मक क्षमता बढाउने पनि ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...