Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

बच्चा को लागि खेलौना किन्नुअघि यी कुरा ख्याल गर्नुपर्छ

Machhapuchchhre Bank Limited

 

अन्लाईनखबर / २८ असार, काठमाडौँ- खेल बच्चाको विकासको एक स्वाभाविक र अहम् हिस्सा हो । खेलमा उसको व्यक्तित्वको विकास हुन्छ । उसले नयाँ कौशल सिक्छ । शारीरिक सक्रियता बढ्छ । सिर्जनशिल क्षमता विकास हुन्छ । र, यसका लागि सहायक हुन्छ, खेलौना ।

खेलौना यति महत्वपूर्ण हुन्छ कि, त्यसलाई खरिद गर्नुअघि केहि कुरा ध्यान राख्नैपर्छ । जस्तो कि, बच्चाको उमेर अनुसार कस्तो खेलौना ठीक हुन्छ, कुन खेलौना कति सुरक्षित हुन्छ । त्यसैले खेलौना किन्नुअघि केहि कुरा ख्याल गर्नैपर्छ ।

१. वार्निङ लेबल आवश्य पढौं

जुनसुकै उमेरको बच्चाका लागि होस्, खेलौना खरिद गर्नुअघि त्यसको वार्निङ लेबल पढ्नैपर्छ । अझ तीन बर्षभन्दा कम उमेरका बच्चाका लागि खेलौना किन्ने हो भने वार्निङ लेबल अनिवार्य पढ्नुपर्छ । त्यसमा उक्त खेलौनाले बच्चामा हुनसक्ने संभावित खतराको बारेमा बताइएको हुन्छ । साथै, के सावधानी राखिएको छ, त्यो पनि उल्लेख हुन्छ ।

२. धारिलो खेलौनाबाट बचौं

खेलौना धारिलो वा असुरक्षित हुनसक्छ । त्यसैले खरिद गर्नुअघि उक्त कुरा ख्याल गर्नैपर्छ । अक्सर सानो बच्चाले खेलौना मुखमा हाल्छ । यसले उनीहरुको गिजा काटिन सक्छ । अन्य भागमा चोट पटक लाग्न सक्छ । त्यसैले खेलौना खरिद गर्दा त्यसले कतै चोटपटक लाग्ने छ/छैन ? हेर्नुपर्छ ।

३. लामो धागो भएको खेलौना

लामो धागो भएको खेलौना बच्चाका लागि सुरक्षित हुँदैन । किनभने हामी खेल्ने कुरासँग बच्चालाई छाडेर अन्य काम गर्न थाल्छौ । बच्चा त्यही धागोमा बाधिन सक्छ,अल्झिएर लड्न सक्छ ।

५. स-सानो टुक्रा भएको खेलौना

सानो बच्चाका लागि स-सना टुक्रा भएको खेलौना ठीक हुँदैन । यस्तो खेलौना उसले मुखमा हाल्न सक्छ । सकेसम्म मुखमा नअटाउने खेल्ने कुरा ल्याउनुपर्छ ।

६. बलियो र सुरक्षित

खेलौना खरिद गर्दा त्यो कति टिकाउयुक्त छ एवं कति बलियो छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । किनभने, बच्चाले खेलौना खेल्दा त्यो फुट्ने, टुक्रिने हुनसक्छ । त्यस्ता खेलौनाले चोटपटक पनि लाग्न सक्छ ।

६. कडा आवाज भएको खेलौना

कति खेलौनामा यस्तो आवाज हुन्छ, जसले बच्चाको श्रवणशक्तिमा असर गर्न सक्छ । बच्चालाई भुलाउनका लागि आवाज आउने खेलौना खरिद गर्नुछ भने, त्यसको आवाज आवश्य जाँच्नुपर्छ ।

७. यस्तो खेलौना, जसबाट बच्चाले केहि सिकोस्

अक्सर खेलौना खरिद गरेको समय तीन कुरालाई ध्यान दिनुपर्छ

१. त्यो खेलौना कति उपयोगी छ ?

२. बच्चाले उक्त खेलौनासँग कति लामो

समयसम्म रुचीपूर्वक खेल्न सक्छ ?

३. के खेलौनाबाट बच्चाले केहि नयाँ कुरा सिक्छ ?

बच्चालाई त्यस्तै खेलौना उपयोगी हुन्छ, जो सुरक्षित, रुचीकर हुनका साथै रचनात्मक क्षमता बढाउने पनि ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्टको उपाधि

हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप...

वि.सं.२०८२ वैशाख ९ मंगलवार १३:३३

  काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सबैभन्दा धेरै कर तिर्ने नबिल बैंक सम्मानिते

सबैभन्दा धेरै कर तिर्ने नबिल बैंक सम्मानिते

वि.सं.२०८२ वैशाख १ सोमवार १९:५४

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई...

प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई सम्मान गरिने

प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई...

वि.सं.२०८२ वैशाख १ सोमवार १९:४३

  काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनसँग...

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको...

वि.सं.२०८२ वैशाख १ सोमवार १३:०३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा नयाँ...

नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै

नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै

वि.सं.२०८२ वैशाख १ सोमवार १२:४१

  काठमाडौं । आज नव वर्ष अर्थात विक्रम संवत् २०८२...