Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘डाक्टर खाते’का कारण भ्याई नभ्याई छ रोशनी लाई

Machhapuchchhre Bank Limited

२८ असार, काठमाडौं –‘डाक्टर खाते’ अर्काे साता अर्थात साउन ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । बिभिन्न अन्तराष्ट्रिय महोत्सबमा प्रदर्शनी भएको यो चलचित्र एकसाथ देशभर रिलिज हुन लागेको छ ।

 

सडक बालबालिकालाई पनि उचित संरक्षण र शिक्षा दिन सक्यो भने उनीहरु भबिस्यामा डाक्टर लगायत विभिन्न सफल पेशामा रहन सक्छन् भन्ने मुल सन्देश दिने चलचित्र ‘डा. खाते’ले आम नेपाली भन्दा फरक बिषयबस्तु बोकेको छ ।

 

चलचित्र अभिनेत्री रोशनी केसीले निर्माण गरेकी हुन् । यसको प्रदर्शन मिति एकसाता मात्र बाँकी रहँदा अभिनेत्री केसीलाई अहिले भ्याइ नभ्याइ भएको छ । ‘चलचित्रको प्रचार प्रसार, प्रदर्शन ब्यवस्थादेखि सबै आफैले हेर्नु परिरहेको छ ’ अभिनेत्री रोशनीले भनिन् ‘खाने समेत फुर्सद छैन ।’

 

अभिनेत्री रोशनीलाई चलचित्रको सबै कामको चटारो त्यसै परेको होइन । निर्देशक रबीराज अर्याल चलचित्र नसकाउदै बिदेश रहेकोले सबै काम आफुले गर्नु परेको केसीले बताइन् ।

 

चलचित्रको प्राबिधिक काम नसकिदै निर्देशक रबिराज अमेरिका बिदेशिएका हुन् । त्यसयता चलचित्र सकाउने देखि प्रदर्शन र प्रचार प्रसारसम्मको काम उनी आफैले सम्हाल्दै आएकी छन् । ‘निर्माता देखि निर्देशक र प्रचार प्रसारको रुपमा कलाकारको काम एक्लैले गर्दा निकै कठिन हुँदो रहेछ’ उनले सुनाइन् ।

 

त्यसो त यो निर्माण देखि अहिलेसम्म चलचित्रको काममा उनलाई सघाउने अर्काे एक ब्यक्ति पनि छन् । ति हुन् निर्देशक समेत रहेका पत्रकार डब्बु क्षेत्री । उनका कारणले केसीलाई केही हल्का भएको छ । डब्बु चलचित्रका कास्टिङ निर्देशक पनि हुन् । ‘निर्देशकको आधा जिम्बेवारी डब्बु जिले ब्यर्होदिनु भएको छ’ उनले थपिन् ‘प्रचार प्रसारमा पनि त्यतिकै साथ छ ।’

 

शिल्पा पोखरेल, रोशनी केसी, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपाली लगायतको अभिनय रहेको चलचित्र काठमाडौंमा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले बितरण जिम्मा लिएको छ । चलचित्र जगदिश्वर थापाले लेखेका हुन् ।
आरआर ड्रिमवर्ड इन्टरटट्रेनमेन्टद्वारा निर्मित यो चलचित्रको छायाँकन पोखराको धिताल गाउँ र काठमाडौंमा गरिएको हो । चलचित्रमा दिव्यराज सुबेदीको छायाँकन, योगेश्वर अमात्यको गायन, सचिन सिंहको संगीत, तारा थापा किम्लेको सम्पादन रहेको छ ।

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र...

वि.सं.२०८१ पुस ७ आइतवार २१:५६

काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’...

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत...

वि.सं.२०८१ पुस ७ आइतवार १९:४९

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी...

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

वि.सं.२०८१ पुस ७ आइतवार ०८:४९

  काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक...

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि...

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:१४

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको...