CG Electronics
IME Life
NIMB

बहिनी इशावेललाई हिरोइन बनाउन डटेर लागीन कैट्रिना

NIMB
Himalayan Bank

एजेन्सी – क्याट्रिना कैफ आफ्नी बहिनी इशावेललाई बलिउडमा स्थापित गराउने धुनमा लागेकी छिन् । त्यसका लागि क्याट्रिनाले अचेल निर्माताहरूलाई आफ्नी बहिनीको ‘पर्फमेन्स टेप’ पठाउने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बुमजस्तो सी ग्रेडको फिल्मबाट बलिउडमा डेब्यु गरेकी क्याट्रिनालाई हिरोइनका रूपमा चल्न सलमान खानले निकै सहयोग गरेका थिए । सलमानसँगको अफेयरका कारण पनि चर्चामा आउने गरेकी उनी पछि रणवीर कपुरको प्रेममा परिन् । रणवीरसँग ब्रेकअप भएपछि भने उनी फिल्मविहीन नै भइन् ।

त्यसपछि उनी फेरि सलमानको शरणमा पुगिन् । सलमानले उनलाई टाइगर जिन्दा हैमा फेरि हिरोइन बनाएका छन् । त्यति मात्रै होइन, क्याट्रिनाको अनुरोधमा सलमानले उनकी बहिनी इशावेललाई डा. कैबी नामक अन्तर्राष्ट्रिय फिल्ममा मौका दिलाएका थिए । सो फिल्ममा सलमान सहनिर्माता थिए । तर, फिल्म आए–गएको थाहै भएन ।

बहिनीको डेब्यु फ्लप भएपछि क्याट्रिना दुःखी भइन् । अहिले फेरि उनी बहिनीलाई हिरोइन बनाउन डटेर लागेकी छिन् । तर निर्माता, निर्देशकले उनलाई पत्याइरहेका छैनन् । बीचमा क्याट्रिनाले इशावेलका लागि फिल्म बनाउने कुरा पनि आएको थियो । तर, उनी आफैँले आँट गर्न सकेकी छैनन् ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...