Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

प्रतिभा जुटाउँदै युवा परिषद

 

सुरेश थापा / ३१ असार, ललितपुर – जिल्ला युवा समितिको कार्यलाय ललितपुरले आयोजना गरेको युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम ललितपुर बार यशोसियसन लगनखेलमा राष्ट्रिय युवा परिषदका कार्यकारिणी उपाअध्यक्ष माधव प्रसाद ढुङ्गेलको प्रमुख अतिथिमा सम्पन्न भएको छ।

 

शुक्रबार भएको उक्त कार्यक्रममा ललितपुर युवा परिषदका अध्यक्ष रमेश चन्द्र घिमिरेले सो कार्यक्रम युवाहरूको प्रतिभा र उद्यमीलाई समृद्ध विकास र हौसला दिन आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा विभिन्न क्षामा सफलता हासिल गरेका युवाहरूलाई सम्मान गरिएको थियो ।

अर्गानिक खेतीपातीमा लागिरहनुभएका निरन्जन , विभिन्न फालिएका पत्र पत्रिकाबाट तथा काजका पाना मार्फत सिसाकलम बनाएर राम्रै आयआर्जन गर्नुहुने बेलमति रोकाय संगित क्षेत्रमा लागेर संगित तथा सामाजिक सेवामा क्रियाशील प्रद्दुम्न घले, मोबाइल प्रशिक्षक पुष्पराज श्रेष्ठ र व्युटी पार्लरमा पोख्त लक्ष्मी पौडेल तथा सिन्के धुपमा क्रियाशिल मधु लगायतका युवाहरुको प्रतिभा, लगनशिल र कलालाई विशेष सम्मान गर्दै नगद पुरस्कार पनि वितरण गरिएको थियो ।

कार्यक्रममा ललितपुर युवा परिषदले आयिजना गरेको वक्तृत्वकलामा प्रथम द्धितिय तृतीय र सान्तवना प्राप्त गर्नुहुने युवाहलाई पनि नगद पुरस्कार दिई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि माधव प्रसाद ढुङ्गेलले युवाहरूलाई आफ्नै देशमा उधमी बनाउन नेपाली युवालाई विश्वासमा लिँदै कार्ययोजना तर्जुमा गरेको र छिट्टै यसको कार्यन्वयन हुने बताउनु भयो । ललितपुर युवा परिषदका अध्यक्ष रमेश चन्द्र घिमिरेले आफू अध्यक्ष पदमा निर्वाचित भएको २ वर्ष पुग्दा नपुग्दै पनि युवाहरूलाई समेट्ने विभिन्न युवा नीति कार्यक्रम ल्याएको हुँदा सबैबाट प्रशंसा तथा सम्मान पाएको बताएनु भयो ।

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:३४

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा...

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

वि.सं.२०८२ असार २४ मंगलवार २०:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी वर्ष बीमा प्रणाली तथा...

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित छ : उद्धव अधिकारी

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:२९

    काठमाडौं । बजेट हेर्दाखेरी र शब्द उल्लेख गर्ने...

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...