CG Electronics
IME Life
NIMB

सफा सुन्दर र सुरक्षित नेपालगञ्ज बनाउनमा होटेल व्यवसायीले साथ दिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

३१ असार, बाँके – नेपालगन्जलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानमा होटेल व्यवसायीले साथ दिने भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत तथा बधाई कार्यक्रममा नेपालगन्जका होटेल व्यवसायीले नेपालगन्जलाई सफा, सुन्दर र सुरक्षित बनाउन उपमहानगरपालिकाले थाल्ने सम्पूर्ण अभियान र कार्यक्रममा साथ दिने प्रतिबद्धता जनाएका हुन् ।

स्वागत तथा बधाई कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा। धवल शमशेर राणाले अबदेखि नेपालगन्जका होटेल व्यवसायीलाई कसैले दुःख दिन नपाउने बताए । होटेल व्यवसायीको कुनै गल्ती नहुँदासमेत अनाहकमा प्रहरी, प्रशासनले दुःख दिने गरेको औँल्याउँदै उनले आफ्नो सुरक्षाका लागि होटेल व्यवसायी आफैँ पनि सजग हुनुपर्ने बताए ।

उनले व्यवसाय दर्ता गरेर मात्र होटेल सञ्चालन गर्न र राज्यलाई कर तिर्न सुझाब दिए । सरसफाइमा ध्यान दिन आग्रह गर्दै उनले होटेलमा उत्पादन भएको फोहोरलाई व्यवस्थित गर्न आग्रह गरे । ‘नगरलाई सफा, सुन्दर, हराभरा र सुरक्षित बनाउने दायित्व होटेल व्यवसायीको पनि हो,’ उनले भने ।

सेकुवाको धुवाँले सहर दुर्गन्धित बनाइरहेको उल्लेख गर्दै उनले धुवाँले मासु खाने र नखाने दुवैलाई असर गरिरहेकोले सडकछेउमा सेकुवा नपोल्न सुझाब दिए । ‘भारतबाट आएका धेरैजसो पर्यटक मासु नखाने हुन्छन्, सेकुवाको धुवाँले खानेलाई त आकर्षित गर्ला, तर नखानेलाई यसले नकारात्मक असर पार्छ, यसले नगरको सौन्दर्य र गरिमामा ठेस पुगेको छ,’ मेयर राणाले भने ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले होटेलबाट निस्केको फोहोर व्यवस्थापन गरिदिए नेपालगन्जलाई सफा र सुन्दर बनाउन मद्दत पुग्ने बताइन् । उनले नेपालगन्जलाई सफा, सुन्दर र हराभरा बनाउन सकिए पर्यटन प्रवद्र्धन हुने बताइन् । ‘हाम्रो नेपालगन्ज, राम्रो नेपालगन्ज बनाउने अभियानमा होटेल व्यवसायीको साथ चाहिएको छ,’ उनले भनिन् ।

होटेल व्यवसायी संघ बाँकेका अध्यक्ष निमबहादुर थापाले नेपालगन्जको विकासमा उपमहानगरपालिकाले गर्ने हरेक गतिविधिमा संघले साथ दिने बताए । उनले सफा, सुग्घर, हराभरा बनाउने अभियानमा साथ दिने बताए ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...