बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ बिजयी

Saturday Jul 15, 2017
वि.सं.२०७४ असार ३१ शनिवार ०५:२१

३१ असार, काठमाडौं- नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा अध्यक्षमा रोहन गुरुङ समूह बिजयी भएका छन । अध्यक्षका अर्का प्रत्याशी बिमल ढकाललाई गुरुङले भारी मतअन्तरले पराजित गरेका हुन् । शनिबार बिहान सार्वजनिक नतिजाअनुसार गुरुङले ४३४ मत पाए । उनका प्रतिद्धन्दी ढकालले ३४१ मत पाए । गुरुङले ढकालभन्द ९३ मत बढी ल्याएका छन् ।
बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । कांग्रेस र मधेसी केन्द्रित दलहरू निकट व्यवसायीहरूबीच गठबन्धन भएको थियो ।
प्रगतिशील समूहबाट प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिव नरेश गेलाल, सचिव ईश्वर जिसी बिजयी भएका छन् ।
द्धितिय उपाध्यक्ष शुवर्ण श्रेष्ठ र कोषध्यक्ष रमिला ताम्रकार झिनो मतअन्तरबाट पराजित भएका छन् ।