CG Electronics
IME Life
NIMB

४१ लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा अब्बल कुन ?

NIMB
Himalayan Bank
काठमाडौं :हालसम्म नेप्सेमा सूचीकृत ४१ लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ९ वटा कम्पनीहरुले भने वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ ।

हाल नेप्सेमा करिब ५० वटा लघुवित्त कम्पनीहरु सूचीकृत रहेका छन् । नियामकीय प्रवाधान अनुसार त्रैमास सकिएको १ महिनाभित्र कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । तर, अझै ९ लघुवित्त कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेकामा आँधिखोला, घोडीघोडा, कालिका, महुली, नाडेप, नेपाल एग्रो, नेपाल सेवा, एनएमबि र सबैको लघुवित्त रहेका छन् । कोरोना भाइरसका कारण चैत ११ गतेदेखि मुलुक लक डाउनमा छ । यसको असर लघुवित्त कम्पनीहरुको वित्तीय विवरणमा पनि केही हदसम्म देखिन थालेको छ ।

यसलाई कम्पनीहरुले समस्या र चुनौतीका रुपमा लिन थालेका छन् । यसबीचमा वित्तीय विवरण प्रकाशन गर्ने अधिकांश कम्पनीहरुको नाफा घटेको छ । केहीले भने नाफा लगायत अन्य सूचकमा राम्रै सुधार पनि गरेका छन् ।

हेरौं, ४१ लघुवित्त कम्पनीमा कुनको अवस्था कस्तो ?
३८ लघुवित्त कम्पनीको पुँजी बढ्यो 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३८ लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी बढेको छ । ३ कम्पनीको पुँजी भने गतवर्ष कै यथावत रहेको छ ।
गतवर्ष कै पुँजी यथावत हुनेमा सिभिल, महिला सहयात्रा र समता लघुवित्त रहेका छन् । निर्धन उत्थान र छिमेक लघुवित्तको पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । यिनीहरु नै सबैभन्दा धेरै पुँजी भएका कम्पनीहरु पनि हुन् ।
३४ कम्पनीको खुद ब्याज आम्दानी बढ्यो 
चैत मसान्तसम्म आइपुग्दा वित्तीय विवरण सार्वजनिक गर्ने ४१ लघुवित्त कम्पनीमध्ये ३४ वटाको खुद ब्याज आम्दानी बढेको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा गुराँस लघुवित्त रहेको छ ।
यसको खुद ब्याज आम्दानी १५६.४२% ले बढेर ३ करोड ४ हजार रुपैयाँ पुगेको छ ।
रकमका आधारमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा छिमेक लघुवित्त रहेको छ । यसको खुद ब्याज आम्दानी २.४५% ले बढेर १ अर्ब २६ करोड २९ लाख ७७ हजार रुपैयाँ पुगेको छ । ७ वटा कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ ।
दुई दर्जन लघुवित्तको नाफा बढ्यो
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा करिब २ दर्जन कम्पनीले खुद नाफा बढाएका छन् ।
सबैभन्दा धेरै नाफा बढ्नेमा सपोर्ट माइक्रोफाइनान्स रहेको छ । सपोर्टको नाफा २२०.१९% ले बढेर ६६ लाख २८ हजार रुपैयाँ पुगेको छ ।
रकममा सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यसको नाफा ७.०२% ले घट्दा पनि ५९ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ ।
स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...