CG Electronics
IME Life
NIMB

थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो

NIMB
Himalayan Bank
काठमाडौं –  नेपालमा थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा शुक्रबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार २ सय १२ पुगेको छ ।आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो बिहीबार एकैपटक १ सय ५६ जनामा संक्रमण पाइएको थियो ।थपिएका १ सय ७० मा १ सय ६५ पुरुष र ५ महिला रहेका छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमण पुष्टि हुनेहरुमा रौतहटका ५६ जना, कपिलवस्तुका ५२ जना, झापामा २८ जना लगायत छन् ।कपिलवस्तुमा कोरोना कहर निरन्तर

कपिलवस्तुमा ५२ जना पोजेटिभ पुष्टि भएकामा बुद्धभुमि नगरपालिका वडा नम्बर ४ का बर्ष ३६ पुरुष १ जना, वाड न ८ बर्ष २४ का पुरुष १ छन् ।

कृष्णनगर नगरपालिका वडा १ का बर्ष २६, २७, २७, २७, ३०, ४८ का पुरुष ६ जना, वडा न २ का बर्ष १८, २३, ४२ का पुरुष ३ जना, वाड न ४ का बर्ष २३ का पुरुष १ जना गरी ११ जना छन् ।

यसैगरी यशोधरा गाउँपालिका वडा न ३ का बर्ष ३७ देखि ५२ सम्मका ४ जना, वडा न ४ का बर्ष ४५ का पुरुष १ जना, वडा न ५ का बर्ष ७ का बालक १ जना , वडा न ६ का बर्ष ६ देखि ५० सम्मका २३ पुरुष र वडा न ७ का १५ देखि ५० बर्ष सम्मका ७ पुरुष गरी कुल ३६ जना छन् ।

यस्तै विजयनगर गाउँपालिका वाड न ७ का बर्ष १६ देखि २८ सम्मका ३ जना पुरुष छन् । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

प्रदेश २ को अवस्था भयावह बन्दै

प्रदेश नम्वर २ मा पछिल्लो २४ घण्टामा ९६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा ५ जना, धनुषा जिल्लामा १ जना, सर्लाही जिल्लामा ४ जना, रौतहट जिल्लामा ७३ जना, बारा जिल्लामा ४ जना र पर्सा जिल्लामा ९ जनामा कोरोना संक्रणको पुष्टि भएको हो ।

सप्तरी जिल्लाको राजबिराज नगरपालिकाका ५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा जिल्लाको खजुरी क्वारेन्टाइनमा रहेकी बर्ष ५० की १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही जिल्लाको कौडेना गाउँपालिकाका २ जना पुरुष तथा सर्लाही जिल्लाकै मलंगवा नगरपालिकाका १ जना पुरुष र १ जना महिलागरी कुल ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड विशेष अस्पतालबाट हिजो मित २०७७ साल जेठ १५ गते १ जना संक्रमित उपचार पश्चात निको भएर डिस्चार्ज भएका छन् । यो सँगै यस प्रदेशमा ९८ जना कोरोना संक्रमण प्रमाणीत भएका ब्यक्तिहरु उपचार पश्चात निको भएका छन् ।

कोभिड १९ मा मृत्यु हुनेको संख्या ६ पुग्यो

यसैबीर नेपालमा कोरोना भाइरसको संक्रमण कोभिड १९ बाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । कोरोना पुष्टि भएका व्यक्ति अर्घाखाँची जिल्ला भुमिकास्थान गाउँपालिका वाड न ९ का बर्ष ३५ का पुरुष हुन् । उनी भारतबाट नेपाल आउदै गर्दा भारत (बाटोमा) मृत्यु भएको थियो । उनको नमुना गत चैत ११ गते कृष्णनगरमा संकलन गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्यु कोभिड १९ बाट भएको पुष्टि गर्दै नेपालमा यस रोगबाट मृत्यु हुनेको संख्या ६ पुगेको जनाएको छ ।

२ सय ६ जना भए निको

कोरोना संक्रमित थपिदै गर्दा निको हुनेको संख्या पनि उल्लेख्य बढ्दै गएको छ । शुक्रबार दिउँसोसम्ममा २ सय ६ जना संक्रमित निको भएर घर फर्किएका छन् । जस्मा पुरुषको संख्या १ सय ६५ र महिलाको संख्या ५ रहेको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...