CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंकले  थप २ नयाँ शाखा सञ्चालनमा

NIMB
Himalayan Bank

काठमाडौं – ग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १, साधुटार र खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी गाँउपालिका वडा नं. १२, जल्पामा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

यी दुई शाखारहित बैंकिङ्ग सेवा सहित बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २०३ पुगेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले नेपालभर ७० वटा जिल्लामा फैलिएको २५७ शाखा, ३९ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा, २३४ एटिएम र देश बाहिर ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...