प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नाफा १ अर्व ३६ करोड
Saturday Aug 15, 2020
वि.सं.२०७७ साउन ३१ शनिवार २०:३९

काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकको अधिकांश सूचक घटेको छ । यस अवधिमा नाफा २३.३५५ ले घटेर १ अर्ब ३६ करोड ६९ लाख ७४ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यस बैंकले १ अर्ब ७८ करोड ३५ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो । यो १ वर्षको अवधिमा वितरण योग्य नाफा पनि ३७.५५५ ले घटेको छ ।
अघिल्लो वर्ष १ अर्ब ७३ करोड ३८ लाख ९ हजार रुपैयाँ रहेको वितरण योग्य नाफा असार सम्ममा १ अर्ब ८ करोड २६ लाख १७ हजार रुपैयाँमा आएको छ । चौथो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ५.६३५ ले बढेर ४ अर्ब ६४ करोड ५८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ४ अर्ब ३९ करोड ८० लाख ९८ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
सञ्चालन नाफा भने ७.८४५ ले घटेर २ अर्ब ९ करोड २६ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा अनुपात ०.९५५ ले घटेर २.८१५ मा आएको छ । यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २९ पैसा छ ।
























