CG Electronics
IME Life
Ncell NPL

साउदीको रियादबाट ४३७ जना नेपालीको उद्धार

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीको उद्धारमा पहल गर्न थालेपछि विभिन्न तीन एयरलाइन्सबाट ४३७ जना यात्रु नेपाल आएका छन् । त्यसैगरी नेपालबाट ४ बच्चासहित २०३ जना यात्रु बाहिरिएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सको वाइडबडी जहाजले साउदीको रियादबाट २६३ यात्रु बोकेर काठमाडौं आएको छ भने हिमालय एयरलाइन्सले साउदीको दमामबाट १५४ जना यात्रुलाई काठमाडौं ल्याएको छ ।

यी जहाजमा दमामबाट २ र रियादबाट ४ वटा शव गरी कुल ६ वटा शवसमेत ल्याइएको छ । लकडाउनपछि विदेशमा निधन भएका व्यक्तिहरुको शव उतै रोकिएका थिए ।

आजै टर्कीको इस्तानबुलबाट टर्कीस एयरले २० जनालाई काठमाडौं ल्याएको छ । सो जहाज काठमाडौंबाट ४ बच्चासहित २०३ जना यात्रु लिएर उडेको थियो ।

सरकारले दैनिक ५ सय जना यात्रुलाई काठमाडौं ल्याउने गरी पाँचौ चरणमा एयरलाइन्सहरुलाई उडान अनुमति दिएको छ । आजै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका एक एक जहाज क्वालालाम्पुर पुग्दैछन् । हिमालयको अर्को जहाज भने चीनको चोङछिङ जाँदैछ । यी जहाज शुक्रबार फर्कनेछन् । शुक्रबार दोहाबाट कतार एयरवेज पनि काठमाडौं आउँदैछ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

वि.सं.२०८३ वैशाख १९ शनिवार १६:०४

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...