CG Electronics
IME Life
NIMB

रातो मच्छिन्द्रनाथको भोटो जात्रा यस वर्ष नहुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । यस वर्ष ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने भएको छ । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९ औँ जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले कोभिड महामारीका कारण देशमा दिनानुदिन कोरोना सङ्क्रमित थपिँदै गएकाले जोखिम कम गर्न आज करुणामयको क्षमापूजा गरिने, भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छवयलाबु गर्ने, २२ गते भुज्याय मनाउने तथा साइत हेर्ने र सम्भवतः २६ गते यदि साइत प्राप्त भएमा रातो मच्छिन्द्रनाथलाई बुङ्मती प्रस्थान गराउने जानकारी गराउनुभयो ।

मच्छिन्द्रनाथ जात्राका विधि प्रकृया अहिले रथ भएको ठाउँमा सम्पन्न गर्ने र पछिल्ला वर्षमा विगतका वर्ष झैं जात्रा सुसम्पन्न गरिनेछ । महर्जनले बिहीबार कुनै आधिकारिकता बेगर असम्बन्धित समूहबाट मच्छिन्द्रनाथको रथ तान्ने प्रयास भएको र स्थिति अराजक बनेकोप्रति भर्त्सना गर्नुभएको छ ।

यही भदौ ११ गते ज्यापू समाज यलमा रथसँग सम्बन्धित सरोकारवालाको विशेष बैठक बसेर मलमास अगावै जात्रा सम्पन्न गर्ने, गुठी संस्थानको प्रधान कार्यालयका विज्ञसँग परामर्श गरी आएको निचोडमाथि जातीय खलः पुचहरुले सम्बन्धित सबैको उपस्थितिमा हुने बैठकबाट पारित गर्ने र त्यही अनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने भद्र सहमति भएको थियो ।

आर्यावलोकितेश्वरलाई गएको साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । हरेक वर्ष करुणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याएर भोटो जात्रा गर्ने गरिन्थ्यो । यस वर्ष भने महामारीका कारण भोटोजात्रा नगरिने भएको हो ।

विसं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

सहमतिमा निकास निकाल्न आग्रह

नेपाल आदिवासी जनजाति महासङ्घले रातो ललितपुरको मच्छिन्द्रनाथको रथ तान्न खोज्नेलाई प्रहरीले दमन गरेको भन्दै सहमतिका आधारमा निकास निकाल्न आग्रह गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी तत्काल अधिकारवाला सम्पूर्ण पक्षसँग अर्थपूर्ण छलफलसहितको सहमतिमा निकास निकाल्न पनि अनुरोध गरेको छ ।

मच्छिन्द्रनाथको रथ राखिएको पुल्चोक क्षेत्रमा भेला भएका स्थानीयवासीलाई प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै बल प्रयोग गरेपछि बिहीबार दिनभर स्थिति तनावग्रस्त भएको थियो । स्थिति काबुमा राख्न शुक्रबार ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाइएको छ । रासस

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...