अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ
Tuesday Sep 29, 2020
वि.सं.२०७७ असोज १३ मंगलवार २२:०६

मोरङ । विराटनगर महानगरपालिका(१२ स्थित कलेज रोडबाट करिब ५ ग्राम ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित विराटनगर महानगरपालिका(१६ दरैया बस्ने ६१ वर्षीय रामु मण्डललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले साईकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
























