CG Electronics
IME Life
NIMB

शिक्षण घर चलाउने पेशा हैन, युग बदल्ने अभियान हो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


गीता श्रेष्ठ
एउटा शिक्षकले युग बदल्न सक्छ, समयको धार परिवर्तन गर्न सक्छ अनि ठूलठूला साम्राज्य ढाल्न सक्छ ।
विश्व इतिहासका पुस्तकमा यस्ता परिदृश्य लिपिबद्ध भएका छन् ।

मौर्य साम्राज्य एउटा शिक्षकको ढिट, अडान र प्रतिबद्धताले जन्मिएको थियो ।
तक्षशिला गुरुकुल’ ९विश्वविद्यालय०का आचार्य चाणक्यको शिक्षा, दृढता र लगनले भारतबाट अलेक्जेण्डर भाग्नुपर्यो ।
उनकै कुशल शिक्षा र नीतिले मौर्य साम्राज्य खडा भयो ।
यो कुनै दन्त्य कथा हैन, इतिहास हो । आज पनि राजनीति, अर्थनीति, समाज नीति, विदेश नीतिमा चाणक्यको नीतिको चर्चा हुन्छ
भन्न खोजिएको के हो भने अध्यापन ९शिक्षण० भातखाने रोजगारी मात्र हैन, र शिक्षकको गरिमा र क्षमता त्यतिमै सीमित हुनुहुँदैन ।
रुपान्तरणका लागि शिक्षकले कक्षा कोठामा पाठ सिकाउने मात्र हैन कि उसले समाजका हरेक वर्ग, अंग र क्षेत्रलाई सत्मार्गको बाटो देखाउनुपर्छ ।
देशको समग्र क्षेत्रको हितमा चिन्तन गर्नुपर्छ र आफूलाई त्यसमा उत्सर्ग गर्नुपर्छ ।
हिजो गुरुकुलीय शिक्षा पद्दति थियो, त्यहाँ न व्यापार थियो, न व्यवसाय १ गुरुकुलका शिक्षकहरु महान मन्त्रद्रष्टा ऋषि थिए, उनीहरु ज्ञान–विज्ञानको अध्ययन–अनुसन्धान गर्थे र समाजलाई ज्ञान र नीति बाँड्थे ।
आजका शिक्षकले पनि त्यो गर्न किन नसक्ने रु जसरी चाणक्यले मगद सम्राटको कोपको चिन्ता नगरी आफूलाई एकीकृत भारत निर्माणको बाटोमा डोर्याइरहे र अन्ततः सफल भए त्यस्तै दृढता हरेक शिक्षकले राख्ने हो भने नेपाली समाजको चित्र नै अर्कै हुन्छ ।

नेपाली समाजमा फैलिएको विकृति–विसंगतिको जड असल गुरुको असल शिक्षाका साथ असल अभिभावकत्व अनि असल सामाजिक अभियानको अभावले हो ।

तर, आजभोलि शिक्षकहरुले हिजोको त्यो मर्यादा राख्न सकेको पाइँदैन ।

शिक्षा जस्तो गहन जिम्मेवारीलाई केवल पेशा बनाएर त्यसको सुरक्षाका लागि राजनीतिक कार्यकर्ताजस्ता भएर नेताको झोला बोक्ने भएका छन्– आफ्नो महत्व, गुणवक्ता र योग्यता भुलेर । अनि शिक्षणलाई ९अपवाद बाहेक० आफ्नो भात–भान्सा चलाउने कामको रुपमा मात्र लिन थालिएको छ भने विद्यालयहरु व्यवसाय बनेका छन् ।
हरेकको आफ्नो नैतिक मूल्य–मान्यता र सामाजिक दायित्व हुन्छ ।
वेदले गुरुर साक्षत् परम ब्रह्म त्यसै भनेको हैन ।
गुरु नै साक्षात ज्ञान हो । एउटा कुशल शिक्षकले कुमालेले काँचो माटोलाई आकर्षक भाँडाको आकार दिएजस्तै एउटा विद्यार्थीलाई विश्वकै सर्वश्रेष्ठ बनाउन सक्छ भन्ने हो । यसको उदाहरण आचार्य चाणक्य र सम्राट चन्द्रगुप्त मौर्य काफी छ
हरेक शिक्षकले आफूमा यस्तै दृढ इच्छाशक्ति राखेर समाजका लागि केही गर्छु भन्ने हो भने नेपाली समाजको रुपान्तरण कुनै टाँढाको विषय हैन ।
यसै पनि हामी गुरुलाई देवताकै रुपमा पूजा गर्ने संस्कृतिका अनुयायी हौं, गुरुलाई हामी पूजा गछौं, खाँचो गुरु पूजाको योग्य बन्नुपर्यो ।
मिसन शिक्षक
शिक्षक जागीर मात्रै हैन, उसमा गहन जिम्मेवारी पनि छ ।
एउटा विद्यार्थीका लागि शिक्षक नै सबथोेक हो । उसकै ज्ञान र मार्गदर्शनबाट एउटा बालक भोलि सर्वश्रेष्ठ ठहरिन्छ ।
वेदमा भनिएको छ– गुरुः ब्रह्मा गुर्रुर्विष्णु गुरुदेवो महेश्वर । गुरु साक्षात् परंब्रह्म तस्मै श्री गुरुवे नमः ।
यो श्लोकले गुरुलाई सृष्टिकर्ता ब्रह्मा, पालनहार विष्णु र संहारकर्ता महेश्वर तथा साक्षत् ज्ञानको रूपमा स्थापना गरेको छ । मानिसलाई सृष्टि, पालन र संहारको तीनवटै अनिवार्य शर्त पूर्णरुपमा पालना गर्न सक्षम बनाउने गुरु नै हो ।यी तीनभन्दा माथि छ ब्रह्म जसको अर्थ हुन्छ ज्ञान ।
‘गुरुर साक्षत् परम ब्रह्म’ अर्थात गुरु नै ज्ञानको सर्वोत्कृष्ट स्रोत हो, भनी गुरुको महत्व र उच्च स्थानलाई प्रष्टयाएको छ ।
हरेक गुरुले आफूलाई यो रुपमा उतार्नसके समाज कति शान्त, सुन्दर र समुन्नत हुने थियो १ आज नेपाली समाजमा फैलिएको विकृति–विसंगतिको जड असल गुरुको असल शिक्षाका साथ असल अभिभावकत्व अनि असल सामाजिक अभियानको अभावले हो ।

शिक्षक हुनु गर्वको विषय हो भन्नेमा विमती छैन । समयले शिक्षणलाई केही विकृत पारेको भए पनि एकजना सच्चा, इमान्दार र निष्ठावान शिक्षकले धेरै कुरा गर्नसक्छ भन्ने उदाहरण त पौराणिककालदेखि अहिलेसम्मै देखिएका छन् ।
नेपालको कुरा गर्दा शिक्षकहरु अब विद्यालयमा किताब बोकेर पढाउने मात्र हैन कि उनीहरुले आफूलाई सामाजिक अभियन्ताका रुपमा क्रियाशील गराउनु पर्दछ ।
शिक्षकहरुको यो अभियानलाई सम्बन्धित विद्यालय ९निजी वा सामुदायिक० दुबैले साथ दिनुपर्दछ । विद्यालयको सामाजिक दायित्व छ भनेर योजनाबद्ध रुपमा सामाजिक अभियान चलाउनु पर्दछ ।

आज कोही पनि बालबालिका भविष्यमा एउटा दक्ष शिक्षक बनेर स्तरीय शिक्षा दिन्छु भन्दैन । ।
अनि कोही पनि शिक्षकले तिमी देशकै सबभन्दा राम्रो शिक्षक बन्नुपर्छ” भनेर सिकाउँदैनन्

। किन रु कारण स्पष्ट छ– शिक्षकले नै आफ्नो पेशालाई गरिमामय बनाउन सकिरहेका छैनन् ।
विश्व २१ औं शताब्दीमा पुगेको छ । हामी हरेक कुरालाई यही हवाला दिएर बोल्ने, लेख्ने गर्दछौं, तर नेपाली समाजमा अहिले पनि ढुंगेयुगमा पनि नभएका क्रियाकलापहरु भैरहेका छन् ।
हिंसा, भेदभाव, छुवाछुत जस्ता विषयहरुको अन्त्य अनि वातावरण संरक्षण, शिक्षा–स्वास्थ्यको महत्व शिक्षकहरुले नै गाउँगाउँमा पुर्याउन सक्दछन् ।
यही चेतनाले देश विकासको ढोका खोल्नेछ ।

जनतालाई शिक्षित, सुसूचित, अनि स्वस्थ बनाउन सोही अनुुसारको उत्प्रेरणा आवश्यक छ । यसका लागि शिक्षक नै सबभन्दा उपयुक्त पात्र हो ।

गाउँघरदेखि शहर बजारसम्मै शिक्षकले भनेको सबैले सम्मानपूर्वक–धैर्यपूर्वक सुन्छन्, उनीहरुको भनाई लागू गर्ने प्रयासमा हुन्छन् ।
यसर्थ पनि राज्यले के जिम्मेवारी दिएको छ वा विद्यालयले के दिएको छ भनेर मात्र हैन, एउटा शिक्षित, सचेत र चेतनशील नागरिक हुनुको नाताले शिक्षकले आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्दछ ।
शिक्षण बाध्यताको पेशा हैन
संसारमा शिक्षकको महत्व र इज्जत आज पनि उति नै छ, जति पौराणिककालका गुरुकुलका गुरुहरुको हुन्थ्यो ।
तर, विडम्बना गुरुकुलीय शिक्षा पद्धतिको अभ्यस्त थलो नेपालमा शिक्षकहरुको प्रतिष्ठा हराउँदै गएको छ ।
यसको कारण शिक्षकले आफ्नो मर्यादा र गरिमा कायम गर्न नसकेर हो ।

अनि केही नपाए शिक्षक बन्ने भन्दै यसलाई सबैभन्दा तुच्छो पेशाका रुपमा हेरिएकाले पनि हो ।
अनि शिक्षकको महत्व, गरिमा र जिम्मेवारीबोध गर्न नसक्नाले नै यस्तो स्थिति उत्पन्न भएको हो ।
आज कोही पनि बालबालिका भविष्यमा एउटा दक्ष शिक्षक बनेर स्तरीय शिक्षा दिन्छु भन्दैन ।
अनि कोही पनि शिक्षकले तिमी देशकै सबभन्दा राम्रो शिक्षक बन्नुपर्छ भनेर सिकाउँदैनन् ।

किन रु कारण स्पष्ट छ– शिक्षकले नै आफ्नो पेशालाई गरिमामय बनाउन सकिरहेका छैनन् । शिक्षण पेशा भनेको अन्यत्र असफल भएकाहरुले अँगाल्ने पेशा जस्तो बनाइएको छ । यहाँ पनि अपवाद छन् ।
राम्रा शिक्षकहरुले मन नदुखाउनुहोला ।
असल शिक्षक भए मात्र विद्यार्थीले असल शिक्षा पाउँछन् अनि त्यही असल शिक्षा पाएका विद्यार्थीहरुले नै भोलि देशका लागि केही गर्ने हुन् ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...