आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
Thursday Oct 01, 2020
वि.सं.२०७७ असोज १५ बिहीवार २१:५१

काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-६ गितानगर बजारस्थित रौतहट भेरीआई गाउँपालिका(२ बस्ने ३५ वर्षीय ईसमान महमद अंसारीको सिरक, डसना बनाउने टहरोमा विद्युत सट भई बिहीबार बिहान आगलागी हुँदा कपास बनाउने मेशिन लगायत बिभिन्न सामान जलेर करिब ६ लाख ८० हजार रुपैयाँ बराबर धनमाल नष्ट भएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो ।
जाजरकोट, छेडागाड नगरपालिका-६ सुवानाउलीस्थित जनबिकास माविको कार्यालय कक्षमा बिहीबार बिहान आगलागी हुँदा कार्यालय कक्षको सम्पूर्ण कागजात, टेवल, कुर्सी जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
























