चकलेट र बिस्कुट किन्दा सावधान नक्कली मिति राखेर बेच्ने गिरोह पक्राउ
Thursday Oct 01, 2020
वि.सं.२०७७ असोज १५ बिहीवार २२:०५

काठमाडौँ । मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्याउने गरि चक्लेट, हर्लिक्स सेनीटाइजर लगायतका उपभोग्य वस्तुमा नक्कली मिति राखेर बेच्ने गिरोह अपराध अनुसन्धान महाशाखाका प्रहरीको फन्दामा परेको छ।
प्राप्त जानकारी अनुसार आज आयन डिष्टिब्युटर , कंलंकी अमेजन डिष्टिब्युटर, वाफलको गोदाम घरमा छापा मार्दा नक्कली मिती राखिरहेको अवस्थामा छाप्ने मेसिनसहित बरामद गरिएको हो ।
अपराध महाशाखाका अनुसार मिति सकिएका बच्चाहरुले खाने चक्लेट लगायतका उपभोग्य बस्तु र वृद्धले खाने हर्लिक्सहरुलाई गोदाममा राखि केमिकलले पुरानो मिति मेट्दै नयाँ मिति जारी गर्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
जानकारी अनुसार एउटा सिँगो पाँच पाँच कोठाभएको पाँचतले घरमा जम्मा गरिएका मिति सकिएका उपभोग्य वस्तुहरु समेत छापा टोलीले सिल गरिसकेको छ ।
वरामद गरिएको स्थलबाट सात जना रौनक गोत्रा, पुष्पादेवी अग्रवाल, नविन सिंह छेराउव लगायतका पक्राउ परेका छन् भने ढुवानी गर्ने दुईवटा सवारी साधन समेत नियन्त्रणमा लिएको वरिष्ठ प्रहरी उपरिक्षक दिपक थापाले सम्पत्ति न्युजलाई जानकारी दिनु भयो ।
उहाँका अनुसार वाणिज्य आपूत्ति तथा उपभोत्ता हित संरक्षण विभागका उपसचिव सागर मिश्र, जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रसाशकीय अधिकृत खड्का श्रेष्ठ र प्रहरी उपरीक्षक सहितको टोलीले नक्कली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको हो ।
लकडाउनको यस्तो असहज बेलामा पनि नक्कलि धन्धा गर्दै फाइदा उठाउँदै आएका गिरोहका सम्बन्धमा झण्डै एक हप्ता देखी अपराध महाशाखाका प्रमुख थापाको गहिरो अनुसन्धानबाट सार्वजनिक भएको हो ।
























